बसको ठक्करबाट युवकको मृत्यु, सप्तरीको हनुमाननगरमा तनाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
३० पटक हेरिएको
Shares
बसको ठक्करबाट युवकको मृत्यु, सप्तरीको हनुमाननगरमा तनाव

सारांश

  • बसको ठक्करबाट युवकको मृत्यु भएपछि सप्तरीको हनुमाननगर बजार तनावग्रस्त छ ।
  • बिहीबार साँझ हनुमाननगर कंकालिनी नगरपालिका-५ योगिनियामा बसको ठक्करबाट २२ वर्षीय धुरुप मण्डलको मृत्यु भएको थियो ।
  • जोगनियास्थित भारदह-राजविराज सडक खण्डमा भारदहबाट राजविराजतर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ४०४६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

६ भदौ ,काठमाडौं । बसको ठक्करबाट युवकको मृत्यु भएपछि सप्तरीको हनुमाननगर बजार तनावग्रस्त छ ।

बिहीबार साँझ हनुमाननगर कंकालिनी नगरपालिका-५ योगिनियामा बसको ठक्करबाट २२ वर्षीय धुरुप मण्डलको मृत्यु भएको थियो ।जोगनियास्थित भारदह-राजविराज सडक खण्डमा भारदहबाट राजविराजतर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ४०४६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक मण्डल टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए । घाइते मण्डललाई उपचारका लागि गजेन्द्र नारायणसिंह अस्पताल राजविराज ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । अहिले घटनाको विरोधमा स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय हनुमाननगर अगाडि टायर बालेर विरोध गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
भेरी नदीमा पौडी खेल्ने क्रममा १ जनाको मृत्यु, २ जना बेपत्ता
भेरी नदीमा पौडी खेल्ने क्रममा १ जनाको मृत्यु, २ जना बेपत्ता
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
खानेपानी मन्त्रालयका ३ कोठाका कागजात जलेर ध्वस्त
खानेपानी मन्त्रालयका ३ कोठाका कागजात जलेर ध्वस्त
राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री
राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री
तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते
तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते
बाढी–पहिरो पीडितको सहायताका लागि सरकारले गुहार्‍यो विकास साझेदार
बाढी–पहिरो पीडितको सहायताका लागि सरकारले गुहार्‍यो विकास साझेदार
अर्थ मन्त्रीसहित योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफलमा प्रधानमन्त्री
अर्थ मन्त्रीसहित योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफलमा प्रधानमन्त्री
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै