२६ जेष्ठ २०८२, आईतवार

चिठी लेखेर ९२ हजार माग्दै धम्की दिएको आरोपमा दुईजना पक्राउ

 

२ भदौ , काठमाडौं : महोत्तरीको जलेश्वर नगरपालिका–५ बस्ने गफुर राइनसँग अवैध रुपमा रकम माग गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामगोपालपुर नगरपालिका–५ घर भई जलेश्वरमा डेरा गरी बस्ने २४ वर्षीय सुनिलकुमार राउत र १९ वर्षीय करण मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए।

केही दिनदेखि गफुरलाई दुवै युवकले बाटोमा भेटेर चिठीमा लेखेर ९२ हजार माग गरेको र धम्की दिने भन्दै उनले प्रहरीमा उजुरी दिएका थिए।  सोही उजुरीका आधारमा प्रहरीले शनिबार दुवै युवकलाई जलेश्वर–१ स्थित महादेव मन्दिरको परिसरबाट पक्राउ गरेको हो।  दुवै युवकमाथि अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?