नेप्सेमा रेकर्ड, हालसम्मकै उच्च कारोबार
३१ साउन, काठमाडौँ । शेयर बजारमा कारोबार साताको अन्तिम दिन बिहीबार नयाँ रेकर्ड कायम भएको छ ।
बिहीबार हालसम्मकै उच्च मूल्यको शेयर कारोबार भएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहीबार २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको कारोबार भएको हो । यसअघि यो रेकर्ड गत सोमबार २७ अर्ब २४ करोड रुपैयाँको रहेको थियो । बिहीबार नेप्से ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेको छ । १०५ कम्पनीको शेयर मूल्य बढेको छ । १३७ कम्पनीको शेयर मूल्य भने घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment