२६ जेष्ठ २०८२, आईतवार

संसदमा आज प्रधानमन्त्री र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर हुने

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संघीय संसद भवन बानेश्वरमा बस्ने बैठकमाको बैठक आज बिहान ११ बजे बस्दैछ । संघीय संसद भवन बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सांसदहरुबीच पहिलो पटक सवाल-जवाफ हुने संसद सचिवालयले जनाएको छ।

https://press4k.com/

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने उल्लेख छ।

सवाल जवाफपश्चात प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिम ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन’पेश गर्ने गौतमले जानकारी दिए।

सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न सोध्ने कार्यक्रम निर्धारण गर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0