Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

वीरगञ्जबाट चार करोड मूल्य बराबरको भेप बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २५, २०८१
|
|
४८ पटक हेरिएको
Shares
वीरगञ्जबाट चार करोड मूल्य बराबरको भेप बरामद

सारांश

  • पर्सा प्रहरीले पहिलोपटक वीरगन्जबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ ।
  • वीरगन्ज महानगरपालिका ६ स्थित रेलवे रोडबाट पर्सा प्रहरीको विशेष टोलीले १५ हजार २ सय पीस भेप बरामद गरेको हो ।
  • रेल्वे रोडस्थितको डाँफे ट्रान्सपोर्टमा छापा मार्दा ७६ कार्टुन भेप बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।

 

२५ साउन, वीरगन्ज । पर्सा प्रहरीले पहिलोपटक वीरगन्जबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ६ स्थित रेलवे रोडबाट पर्सा प्रहरीको विशेष टोलीले १५ हजार २ सय पीस भेप बरामद गरेको हो ।

रेल्वे रोडस्थितको डाँफे ट्रान्सपोर्टमा छापा मार्दा ७६ कार्टुन भेप बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए । गोदाममा अनाधिृकत रुपमा भेप भण्डरण गरिएको सूचना पाएपछि प्रहरीले छापा मारेको उनले बताए । उनका अनुसार बरामद भएको हरेक कार्टुनमा २ सय पीस भेप रहेको पाइएको छ ।  उनले भने, ‘सुरुमा ३/४ वटा पीस भन्सारबाट बरामद भयो, त्यसपछि हामी खोजविन गर्न थाल्यौं । सोही क्रममा डाँफे ट्रान्सपोर्टको गोदाममा भण्डारण गरेर राखिएको अवस्थामा भेप बरामद भएको हो ।’बरामद भेपको बजार मूल्य ४ करोड ४६ लाखभन्दा बढी रहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?