प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भयो: नेपाल बार एसोसिएसन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २८, २०८२
|
|
३६ पटक हेरिएको
Shares
प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भयो: नेपाल बार एसोसिएसन

सारांश

  • कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भएको बताएको छ।
  • एसोसिएसनले शनिवार विहान विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भन्दै विरोध गरेको हो।
  • प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने गरी राष्ट्रपतिबाट २७ गते भएको निर्णय स्वेच्छाचारी र असंवैधानिक रहनुका साथै कानूनको शासन, संवैधानिक सर्वोच्चता एवं संविधानवाद समेतको प्रत्यक्ष बिपरित रहेको निष्कर्ष निकाल्दै उक्त कदमको भर्त्सना गरेको छ।

२८ भदौ, काठमाडौं।

कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भएको बताएको छ। एसोसिएसनले शनिवार विहान विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भन्दै विरोध गरेको हो। प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने गरी राष्ट्रपतिबाट २७ गते भएको निर्णय स्वेच्छाचारी र असंवैधानिक रहनुका साथै कानूनको शासन, संवैधानिक सर्वोच्चता एवं संविधानवाद समेतको प्रत्यक्ष बिपरित रहेको निष्कर्ष निकाल्दै उक्त कदमको भर्त्सना गरेको छ।

विज्ञप्तिमा भनिएको छ,‘यो कदम नेपाली जनताले लोकतन्त्रका लागि गरेको लामो र कठिन संघर्षलाई गम्भीर रूपमा कमजोर पार्ने र लोकतन्त्र, गणतन्त्र र समावेशिता सहितको संघियता जस्ता उपलब्धिलाई खोस्ने तर्फ लक्षित छ। नेपालको वर्तमान संविधान राष्ट्रिय सहमतिको बृहत् परिणाम हो र यसले यहाँका नागरिकहरुको आकांक्षालाई प्रतिबिम्बित गर्दछ। प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदम सर्वोच्च अदालतको यस अघिको संसद पुनर्स्थापना सम्बन्धि निर्णय विपरित समेत छ।’

यस्ता कार्यहरुले लोकतान्त्रिक संस्थाहरुमाथिको जनविश्वास घटाउने र संवैधानिक व्यवस्थाको जगलाई नै खतरामा पार्ने बारको ठहर छ।लोकतन्त्रको तत्काल पुनर्स्थापना र संवैधानिक सर्वोच्चताको अटल पालनाको लागि बारले माग गरेको छ।नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए। साथै फागुन २१ गते विहीबारका दिन नयाँ प्रतिनिधिसभा चुनावको मिति तोकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन
सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन
कक्षा १२ को परीक्षा आवेदन फारम खुला
कक्षा १२ को परीक्षा आवेदन फारम खुला
१५–२० दिनमा संसद् खुल्छ, सोही दिन अध्यादेश पेश गर्छौं : प्रधानमन्त्री
१५–२० दिनमा संसद् खुल्छ, सोही दिन अध्यादेश पेश गर्छौं : प्रधानमन्त्री
कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल
कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल
भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँः प्रधानमन्त्री ओली
भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँः प्रधानमन्त्री ओली
वडाध्यक्षको घरमा आगलागी हुँदा घरसहित १० वटा चौपाया जले
वडाध्यक्षको घरमा आगलागी हुँदा घरसहित १० वटा चौपाया जले
हैजा संक्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर
हैजा संक्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर
पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का
पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का
अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता