राष्ट्रिय मुक्ति पार्टी सर्लाही अध्यक्षमा गणेशकुमार यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १२, २०८२
|
|
४१ पटक हेरिएको
Shares
राष्ट्रिय मुक्ति पार्टी सर्लाही अध्यक्षमा गणेशकुमार यादव

सारांश

  • राष्ट्रिय मुक्ति पार्टी नेपाल सर्लाहीको अध्यक्षमा गणेशकुमार यादव मनोनित भएका छन्।
  • पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सोमबार यादवलाई अध्यक्षमा मनोनयन पत्र प्रदान गरेका हुन्।
  • अध्यक्ष महतोले हस्ताक्षर गरी प्रदान गरेको पत्रमा यादवले नयाँ जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको उल्लेख छ।

 

मलंगवा, १२ भदौ । राष्ट्रिय मुक्ति पार्टी नेपाल सर्लाहीको अध्यक्षमा गणेशकुमार यादव मनोनित भएका छन्।

पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सोमबार यादवलाई अध्यक्षमा मनोनयन पत्र प्रदान गरेका हुन्। अध्यक्ष महतोले हस्ताक्षर गरी प्रदान गरेको पत्रमा यादवले नयाँ जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको उल्लेख छ।

सर्लाहीको हरिपुर्वा नगरपालिका निवासी यादव केही दिनअघि मात्र जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका थिए।

यादवलाई अध्यक्ष बनाएसँगै पार्टीले सर्लाहीमा आफ्नो संगठनात्मक गतिविधि थप सशक्त हुने विश्वास लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?