सिर्सिया नदी प्रदूषण नियन्त्रणमा मन्त्रालय गम्भीर : मन्त्री यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २२, २०८३
|
|
२९२ पटक हेरिएको
Shares
सिर्सिया नदी प्रदूषण नियन्त्रणमा मन्त्रालय गम्भीर : मन्त्री यादव

सारांश

  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सिर्सिया नदीमा भइरहेको औद्योगिक प्रदूषण नियन्त्रणका लागि मन्त्रालय गम्भीर रहेको बताएकी छन् ।
  • सिर्सिया नदीमा भएको औद्योगिक प्रदूषण नियन्त्रणसम्बन्धी छलफलमा बोल्दै मन्त्री यादवले वीरगञ्ज–बारा औद्योगिक करिडोरमा रहेका उद्योगका कारण सिर्सिया नदीको प्रदूषण बढ्दै गएको बताइन् ।
  • उनले भनिन्, ‘पछिल्लो समय सिमरा–वीरगञ्ज करिडोरमा रहेका दर्जनौँ उद्योगहरूले वातावरण संरक्षणसम्बन्धी कानुनी दायरा उल्लंघन गरी सिर्सिया खोलालाई प्रदूषित गरेकाले यस क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको छ ।

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सिर्सिया नदीमा भइरहेको औद्योगिक प्रदूषण नियन्त्रणका लागि मन्त्रालय गम्भीर रहेको बताएकी छन् ।

सिर्सिया नदीमा भएको औद्योगिक प्रदूषण नियन्त्रणसम्बन्धी छलफलमा बोल्दै मन्त्री यादवले वीरगञ्ज–बारा औद्योगिक करिडोरमा रहेका उद्योगका कारण सिर्सिया नदीको प्रदूषण बढ्दै गएको बताइन् ।

उनले भनिन्, ‘पछिल्लो समय सिमरा–वीरगञ्ज करिडोरमा रहेका दर्जनौँ उद्योगहरूले वातावरण संरक्षणसम्बन्धी कानुनी दायरा उल्लंघन गरी सिर्सिया खोलालाई प्रदूषित गरेकाले यस क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको छ । यस क्षेत्रका किसानहरूले पशुपालन गरेका गाई, भैँसीलगायत अन्य पशु तथा जीवजन्तुलाई मात्रै नभई यस क्षेत्रमा बसोबास गर्ने लाखौँ जनजीवनसमेत प्रभावित भएको छ । सो सम्बन्धमा राज्यका सम्बन्धित निकायहरूले पटक–पटक सचेत गराउँदा पनि हालसम्म कुनै किसिमको सुधार नदेखिएको र यस क्षेत्रका जनताको निरन्तर गुनासो आइरहेकोले यस सम्बन्धमा मन्त्रालय गम्भीर भएको छ ।’

उनले सिर्सिया नदी वीरगञ्जको व्यापारिक क्षेत्रसँगै पर्साका सिर्सिया, राजपुर, रामगढवा, रामवन, अशोकबाटिका, विन्दवासिनीलगायत दर्जनौँ गाउँका लागि जीवनरेखाका रूपमा रहेको उल्लेख गरिन् ।

मन्त्री यादवले सिमरा–वीरगञ्ज करिडोरमा सञ्चालित दर्जनौँ उद्योगले वातावरण संरक्षणसम्बन्धी कानुनी व्यवस्थाको उल्लंघन गर्दै सिर्सिया नदीलाई प्रदूषित बनाएको बताइन् । नदी प्रदूषणका कारण यस क्षेत्रका किसानले पाल्दै आएका गाई, भैँसीलगायत पशु तथा अन्य जीवजन्तु प्रभावित हुनुका साथै नदी आसपास बसोबास गर्ने लाखौँ नागरिकको जनजीवनमा समेत असर परेको उनको भनाइ छ।

राज्यका सम्बन्धित निकायले पटक–पटक सचेत गराउँदा पनि नदी प्रदूषण नियन्त्रणमा अपेक्षित सुधार नदेखिएको भन्दै मन्त्री यादवले स्थानीयवासीबाट निरन्तर गुनासो आइरहेको बताइन् ।

उनले सिर्सिया नदी प्रदूषणको समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको र सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चालिने बताइन् ।

मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक  अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
नेपाली मिति लोड हुँदैछ...

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति
जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति
माधव नेपालसहितलाई प्रतिवादी बनाइएको पतञ्जलि जग्गा हिनामिनाको मुद्दा पेसीमा
माधव नेपालसहितलाई प्रतिवादी बनाइएको पतञ्जलि जग्गा हिनामिनाको मुद्दा पेसीमा
कुटपिट गरी आफ्नै श्रीमतीको हत्या
कुटपिट गरी आफ्नै श्रीमतीको हत्या
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
रौतहटमा बाढीपहिरो लगायत विपद्‌मा परी ३८ जनाको मृत्यु
रौतहटमा बाढीपहिरो लगायत विपद्‌मा परी ३८ जनाको मृत्यु
कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीय नागरिक पक्राउ
यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीय नागरिक पक्राउ
प्रतिबन्धित लागू औषध र गाँजा सहित फार्मेसी सञ्चालिका र अन्य दुईजना पक्राउ
प्रतिबन्धित लागू औषध र गाँजा सहित फार्मेसी सञ्चालिका र अन्य दुईजना पक्राउ
जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनुहोला
जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनुहोला