सुदूरपश्चिमले दियो पुलिसलाई १९२ रनको लक्ष्य, नारायणको अर्धशतक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २९, २०८२
|
|
८४ पटक हेरिएको
Shares
सुदूरपश्चिमले दियो पुलिसलाई १९२ रनको लक्ष्य, नारायणको अर्धशतक

सारांश

  •   प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई १९२ रनको लक्ष्य दिएको छ   जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा जारी खेलमा सुदूरपश्चिम ४०.
  • ४ ओभरमा १९१रनमा अलआउट भएको हो ।
  • सुदूरपश्चिमका लागि नारायण जोशीले अर्धशतकीय पारी खेले ।

२९ चैत,काठमाडौं । 

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई १९२ रनको लक्ष्य दिएको छ   जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा जारी खेलमा सुदूरपश्चिम ४०.४ ओभरमा १९१रनमा अलआउट भएको हो ।

सुदूरपश्चिमका लागि नारायण जोशीले अर्धशतकीय पारी खेले । उनले ८० बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ८२ रन बनाए । हेमन्त धामीले २० र खड्क बोहराले २२ रन जोडे ।  पुलिसका लागि दिनेश खरेलले ४ र सागर ढकालले ३ विकेट लिए । कुशल भूर्तेलले २ तथा गुल्शन झाले १ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?