पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ५, २०८२
|
|
२३७ पटक हेरिएको
Shares
पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण

सारांश

  • पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन र सहज मोबिलिटीका लागि नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ ।
  •   नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन् ।
  • उक्त कार्यक्रममा बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको उपस्थितिमा मोटरसाइकल हस्तान्तरण गरिएको हो ।

५ चैत,काठमाडौं ।

पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन र सहज मोबिलिटीका लागि नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ ।  नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको उपस्थितिमा मोटरसाइकल हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव निरौलाले पर्यटक सुरक्षालाई पर्यटन विकासको आधारभूत स्तम्भको रूपमा व्याख्या गर्दै भने, ‘पर्यटक सुरक्षित भए मात्र गन्तव्य विश्वसनीय बन्छ । आज हस्तान्तरण गरिएका यी साधनहरूले पर्यटक प्रहरीको पहुँच र प्रतिक्रिया क्षमतालाई थप प्रभावकारी बनाउने विश्वास लिएको छु ।’  उनले नेपाललाई सुरक्षित, विश्वसनीय र जिम्मेवार पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न यस्ता पहलहरू अत्यन्त आवश्यक रहेको उल्लेख गरेका छन् ।

त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत जोशीले बोर्डले पर्यटन पूर्वाधार र सेवा सुदृढीकरणमा निरन्तर काम गरिरहेको उल्लेख गरे । उनले भने, ‘पर्यटक प्रहरीलाई सशक्त बनाउनु भनेको समग्र पर्यटन प्रणालीलाई बलियो बनाउनु हो । यी मोटरसाइकलहरूले दुर्गम र व्यस्त पर्यटकीय क्षेत्रहरूमा छिटो सेवा प्रवाह गर्न मद्दत पु¥याउनेछन् ।’ त्यसैगरी पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले हस्तान्तरणप्रति आभार व्यक्त गर्दै यसले पर्यटन क्षेत्रमा आकस्मिक उद्धार तथा संकट व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । ‘यसले पर्यटकको विश्वास अभिवृद्धि गर्नुका साथै नेपालको पर्यटन छविलाई अझ सकारात्मक बनाउनेछ,’ उनले भने ।

कार्यक्रममा बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा, बोर्ड सदस्यहरू नरेन्द्रदेव भट्ट र राजेन्द्र लामा, साथै पर्यटक प्रहरी प्रमुख डीएसपी कृष्णराज ओझा लगायतको उपस्थिति रहेको थियो । नेपालमा पर्यटक प्रहरीलाई विशेष सुरक्षा निकायका रूपमा परिचालन गर्दै पर्यटकहरूको सुरक्षादेखि लिएर सूचना, सहयोग तथा उद्धारसम्मका कार्यहरू गर्दै आएको छ । नयाँ सवारी साधनको उपलब्धतासँगै पर्यटक प्रहरीको सेवा प्रवाह अझ तीव्र र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक  अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
नेपाली मिति लोड हुँदैछ...

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’
दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’
एसपीपी–एमसिसी खारेज र हिन्दु राष्ट्र पुन:स्थापना गर्न दुर्गा प्रसाईँद्वारा सरकारलाई आग्रह
एसपीपी–एमसिसी खारेज र हिन्दु राष्ट्र पुन:स्थापना गर्न दुर्गा प्रसाईँद्वारा सरकारलाई आग्रह
कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु
कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु
सुनको मूल्यमा गिरावट, बढ्यो चाँदी
सुनको मूल्यमा गिरावट, बढ्यो चाँदी
सर्लाहीमा गहना चोरी आरोपमा तीन बालकसहित पाँच पक्राउ
सर्लाहीमा गहना चोरी आरोपमा तीन बालकसहित पाँच पक्राउ
बाघको आक्रमणबाट वडाअध्यक्ष घाइते
बाघको आक्रमणबाट वडाअध्यक्ष घाइते
कांग्रेस संसदीय दलको बैठक आज पनि
कांग्रेस संसदीय दलको बैठक आज पनि
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
‘डेडिकेटेड लाइन’ विवाद : सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
‘डेडिकेटेड लाइन’ विवाद : सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन : माओवादी केन्द्र
पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन : माओवादी केन्द्र