निर्वाचन आयोगप्रति गरिएको टिप्पणीप्रति आयोगको आपत्ति

Raju Yadav Raju Yadav
|
मंगलबार, चैत्र ३, २०८२
|
|
२ पटक हेरिएको
Shares
निर्वाचन आयोगप्रति गरिएको टिप्पणीप्रति आयोगको आपत्ति

सारांश

  •   २ चैत,काठमाडौँ ।
  • निर्वाचन आयोगले एक टेलिभिजन कार्यक्रममा आयोग र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलाई जोडेर गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
  • आयोगले सोमबार विज्ञप्ति गर्दै चैत १ गते कान्तिपुर टेलिभिजनमा प्रसारित सरोकार कार्यक्रममा राजनीतिक दलका जिम्मेवार व्यक्तिबाट गरिएको टिप्पणीप्रति आपत्ति जनाएको हो ।

२ चैत,काठमाडौँ ।

निर्वाचन आयोगले एक टेलिभिजन कार्यक्रममा आयोग र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलाई जोडेर गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सोमबार विज्ञप्ति गर्दै चैत १ गते कान्तिपुर टेलिभिजनमा प्रसारित सरोकार कार्यक्रममा राजनीतिक दलका जिम्मेवार व्यक्तिबाट गरिएको टिप्पणीप्रति आपत्ति जनाएको हो ।

आयोगका अनुसार उसले गर्ने सबै निर्णय नेपालको संविधान, प्रचलित कानुन तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार हुँदै आएको छ । आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको विवरण अभिलेखमा अद्यावधिक गर्दा पनि सोही कानुनी आधारमा निर्णय गरिएको जनाएको छ । विज्ञप्तिमा आयोगले उक्त निर्णयलाई सार्वजनिक सञ्चार माध्यममा अन्यथा अर्थ लगाएर टिप्पणी गर्नु विधिसम्मत नहुने उल्लेख गरेको छ । आयोगले असन्तुष्ट पक्षलाई कानुनी उपचार खोज्ने अधिकार रहेको र यस विषयमा परेको रिट निवेदनलाई सर्वोच्च अदालत नेपालले परीक्षण गर्ने बताएको छ ।

आयोगका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले संवैधानिक निकायको निर्णय तथा अदालतमा विचाराधीन विषयमा निराधार टिप्पणी नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । साथै आयोगले आफ्ना काम कारबाहीबारे फैलाइएका कपोलकल्पित तथा निराधार विषयमा विश्वास नगर्न सबै सरोकारवालालाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आवासीय चिकित्सकका माग सम्बोधन गर्न सरकार सकारात्मक
आवासीय चिकित्सकका माग सम्बोधन गर्न सरकार सकारात्मक
नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ
नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ
रास्वपालाई एमालेको चुनौतिः बोल्दा हेक्का पु¥याउनुस्, भाषा र परिभाषाको ज्ञान सिकेर आउनुस्
रास्वपालाई एमालेको चुनौतिः बोल्दा हेक्का पु¥याउनुस्, भाषा र परिभाषाको ज्ञान सिकेर आउनुस्
प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन
प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन
अनेरास्ववियुले ताला लगाएपछि आरआरको स्ववियु निर्वाचन स्थगित
अनेरास्ववियुले ताला लगाएपछि आरआरको स्ववियु निर्वाचन स्थगित
अमेरिका जाँदै सन्दीप
अमेरिका जाँदै सन्दीप
रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय, स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गरिने चेतावनी
रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय, स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गरिने चेतावनी
तोरीमा छरेको विषादीले नौ वटा मृगको मृ*त्यु
तोरीमा छरेको विषादीले नौ वटा मृगको मृ*त्यु
पूर्वाधार कार्यालयमा पत्रकार साहमाथि हातपात, प्रेस स्वतन्त्रतामाथि आक्रमण
पूर्वाधार कार्यालयमा पत्रकार साहमाथि हातपात, प्रेस स्वतन्त्रतामाथि आक्रमण
भ्रष्टाचार न्युनिकरणका लागि अझ सशक्त रुपमा अघि बढ्नुपर्छ : राष्ट्रपति पौडेल
भ्रष्टाचार न्युनिकरणका लागि अझ सशक्त रुपमा अघि बढ्नुपर्छ : राष्ट्रपति पौडेल