आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

Raju Yadav Raju Yadav
|
बिहिबार, पौष ३, २०८२
|
|
३ पटक हेरिएको
Shares
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

सारांश

  •   ३ पुस, काठमाडौं ।
  • आज डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
  • अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएका छन् ।

३ पुस, काठमाडौं ।

आज डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएका छन् ।

सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउन थालिएको हो । यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चितता सम्बन्धी कानुनको चर्चा र सरकार तथा राजनीति दलहरूलाई यी विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् ।

यस वर्ष अन्तर्राष्ट्रिय आप्रवासी दिवसको नारा ‘आउनुस् हामी सबै मिलेर हरेक आप्रवासीको अधिकारको पक्षमा उभिऊँ र आप्रवासनलाई गरिमायुक्त तथा सुरक्षित बनाऔँ।’ भन्ने रहेको छ । आज कामका लागि बाहिरिन लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदा औपचारिक रूपमा गर्ने गरिन्छ भने विभिन्न प्रचारात्मक कार्यक्रमहरू गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई दर्जन होटेलमा क्षति, २५ अर्बको नोक्सानी
दुई दर्जन होटेलमा क्षति, २५ अर्बको नोक्सानी
प्रधानमन्त्री कार्कीद्धारा तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको शुभकामना व्यक्त
प्रधानमन्त्री कार्कीद्धारा तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको शुभकामना व्यक्त
विश्नोईको नाममा धम्की दिने युवक दुर्गा प्रसाईंबाट परिचालित रहेको सीआईबीको दाबी
विश्नोईको नाममा धम्की दिने युवक दुर्गा प्रसाईंबाट परिचालित रहेको सीआईबीको दाबी
सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीमाथि डीआईजीको निगरानी, विवादमा परेकाहरू प्रदेश तानिंदै
सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीमाथि डीआईजीको निगरानी, विवादमा परेकाहरू प्रदेश तानिंदै
छोराको हत्या आरोपमा मकवानपुरका भ्लोन दम्पती हिरासतमा
छोराको हत्या आरोपमा मकवानपुरका भ्लोन दम्पती हिरासतमा
सडकको वालमा ठोक्किएर मोटरसाइकल र चालक,सहित त्रिशुलीमा खस्यो
सडकको वालमा ठोक्किएर मोटरसाइकल र चालक,सहित त्रिशुलीमा खस्यो
रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने
रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने
निःशुल्क तीन दिने हाडजोर्नी, नशा र फिजियोथेरापी शिविरमा ३१० जनालाई सेवा
निःशुल्क तीन दिने हाडजोर्नी, नशा र फिजियोथेरापी शिविरमा ३१० जनालाई सेवा
देश छाड्ने नेपालीको संख्या बढ्यो, २ वर्षमा मात्रै १ लाख ३७ हजार छोडे
देश छाड्ने नेपालीको संख्या बढ्यो, २ वर्षमा मात्रै १ लाख ३७ हजार छोडे
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड आज कतिमा हुदैछ करोबार ?
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड आज कतिमा हुदैछ करोबार ?