होटलमा मुख्यमन्त्री शपथ प्रकरणबारे कांग्रेस नेता पौडेलको टिप्पणी : संघीयतामाथि प्रहार

Raju Yadav Raju Yadav
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
३ पटक हेरिएको
Shares
होटलमा मुख्यमन्त्री शपथ प्रकरणबारे कांग्रेस नेता पौडेलको टिप्पणी : संघीयतामाथि प्रहार

सारांश

  • २५ कात्तिक, काठमाडौं ।
  • नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई होटलमा शपथ ग्रहण गराएको घटनालाई संघीयतामाथिको प्रहार भनेर टिप्पणी गरेका छन् ।
  • मंगलबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।

२५ कात्तिक, काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई होटलमा शपथ ग्रहण गराएको घटनालाई संघीयतामाथिको प्रहार भनेर टिप्पणी गरेका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् । उनले राज्य संरचना प्रचलित राज्यप्रणाली अनुसार नै सञ्चालन हुनुपर्ने बताउँदै तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पदीय मार्यादा र पद्धति पालना नगरेको आरोप लगाए ।

उनले मधेश प्रदेशमा पदीय मर्यादाविपरीत कार्य भएको दाबी गर्दै प्रदेश प्रमुखको आचरणले संघीय अभ्यासमाथि नै प्रश्न उठाएको टिप्पणी गरे । उनले भने, ‘एक त व्यापक निराशा भएको अवस्थामा प्रदेश प्रमुखले गरेको काम पदीय मर्यादाविपरीत थियो । यस्ता कुरा आफूलाई थाहा छैन भने पनि राज्यका अन्य निकायहरूसँग बुझेर तथा सल्लाह लिनुपर्छ । कुनै दलको मान्छे सार्वजनिक पदमा गइसकेपछि पार्टीका लागि जे पनि गर्ने सोच बोकेको हुनुहुँदैन । त्यसकारण मधेशमा पछिल्लो पटक भएको घट्नाले संघीयतामाथि प्रहार भएको देखियो ।’ तत्कालीन प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री यादवलाई बर्दिवासस्थित एक होटलमा शपथ ग्रहण गराएकी थिइन् । पदीय मर्यादा कायम गर्न नसकेको भन्दै प्रमुख भण्डारीलाई सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ यू-१९ च्याम्पियनसिप : फाइनल पुग्न बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल
साफ यू-१९ च्याम्पियनसिप : फाइनल पुग्न बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल
पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको सांसद सिंहको दाबी
पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको सांसद सिंहको दाबी
एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै
एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै
कञ्चनपुर कारागारबाट भागेका १२४ कैदीबन्दी फिर्ता, ३५५ फरार
कञ्चनपुर कारागारबाट भागेका १२४ कैदीबन्दी फिर्ता, ३५५ फरार
अमेरिकालाई इरानको जवाफ: धम्की दिने सरकारसँग वार्ता गर्दैनौँ
अमेरिकालाई इरानको जवाफ: धम्की दिने सरकारसँग वार्ता गर्दैनौँ
कञ्चनपुर कारागारमा पनि प्रदर्शनकारीको कब्जा, बन्दीलाई बाहिर निकाल्दै
कञ्चनपुर कारागारमा पनि प्रदर्शनकारीको कब्जा, बन्दीलाई बाहिर निकाल्दै
मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
रविलाई भोलि विमान मार्फत भैरहवा लगिने
रविलाई भोलि विमान मार्फत भैरहवा लगिने
परराष्ट्रमन्त्री राणा र कतारी विदेश राज्यमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र कतारी विदेश राज्यमन्त्रीबीच भेटवार्ता
नेप्से १.६६ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
नेप्से १.६६ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट