विद्या भण्डारीलाई पार्टीमा ल्याउन दबाब बढेपछि ओली ‘वान टु वान वार्ता’ गर्न तयार!

Raju Yadav Raju Yadav
|
सोमबार, कार्तिक १७, २०८२
|
|
४ पटक हेरिएको
Shares
विद्या भण्डारीलाई पार्टीमा ल्याउन दबाब बढेपछि ओली ‘वान टु वान वार्ता’ गर्न तयार!

सारांश

  • १७ कात्तिक, काठमाडौं।
  • पार्टीभित्र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्न दबाव बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व उपाध्यक्षसमेत रहेकी विद्या भण्डारीसँग यो विषयमा भेटेर कुरा गर्ने तयारी गरेका छन्।
  • सचिवालय बैठकमा अधिकांश नेताहरुले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने मत राखेपछि ओलीले यो विषयमा आफैं कुरा गर्ने बताएको एक नेताले जानकारी दिए।

१७ कात्तिक, काठमाडौं।

पार्टीभित्र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्न दबाव बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व उपाध्यक्षसमेत रहेकी विद्या भण्डारीसँग यो विषयमा भेटेर कुरा गर्ने तयारी गरेका छन्। सचिवालय बैठकमा अधिकांश नेताहरुले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने मत राखेपछि ओलीले यो विषयमा आफैं कुरा गर्ने बताएको एक नेताले जानकारी दिए।

‘पूर्वराष्ट्रपतिको सदस्यता नवीकरणको विषयमा पहिला झैं यो पटक पनि सचिवालय बैठकमा कुरा उठ्यो,’ एक सचिवालय सदस्यले डिसी नेपालसँग भने, ‘उहाँ (ओली) नवीकरण गर्ने पक्षमा देखिनु भएन। दबाव बढ्न थालेपछि आफैं कुरा गर्छु भन्नु भएको छ।’ यद्यपी यो विषयमा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई कुनै जानकारी दिएका छैनन्। भण्डारी निकट स्रोतका अनुसार अहिलेसम्म ओलीकातर्फबाट भेट्ने विषयमा कुनै जानकारी आएको छैन। जेन-जी आन्दोलनपछि सरकारबाट बाहिरिएका ओलीमाथि भण्डारीको सदस्यता नवीकरण गर्न चौतर्फी दबाव बढेको छ।

तर, ओली त्यसका लागि तयार छैनन्। ओली भण्डारीको सदस्यता नवीकरण गर्न तयार हुने अवस्थामा पनि भण्डारीलाई एघारौं महाधिवेशनमा अध्यक्षको उम्मेदवार नहुने गरी सदस्यता नवीकरण हुन सक्ने बताइएको छ। एमालेले ११ औं महाधिवेशन मंसिर २७-२९ मा काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ। ओली सो महाधिवेशनबाट आफैं अध्यक्षमा दोहोरिने दाउमा छन्। अहिलेसम्म ओली विरुद्ध प्रतिश्पर्धा गर्ने भनेर कसैले मुख नखोलेपनि ११ औं महाधिवेशनमा अध्यक्ष पदमा प्रतिश्पर्धा हुने नेताहरु बताउँछन्।

एमाले भित्र एक समूह भण्डारीको सदस्यता नवीकरण गरेर उनलाई पार्टी अध्यक्ष बनाउनु पर्नेमा छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपाध्यक्षहरु युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे अन्य पदाधिकारीहरुसमेत भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने पक्षमा छन्। ओलीमाथि सदस्यता नवीकरण गर्न दबाव बढेपछि उनले यो विषयमा भण्डारीसँग भेटेर कुरा गर्ने बताएका थिए। तर ओलीले साँच्चै भण्डारीसँग भेट्न चाहेको हो वा यो विषयलाई मथ्थर पार्न उक्त अभिव्यक्ति दिएको भन्ने विषय भने आगामी दिनले नै बताउला।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीको रिहाइको माग गर्दै रिट दायर, सोमबार बहस हुने
ओलीको रिहाइको माग गर्दै रिट दायर, सोमबार बहस हुने
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदै
आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदै
लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग
लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग
शिक्षामन्त्री पुनलाई भिसीहरूको जवाफ- विश्वविद्यालयलाई राजनीतिमुक्त नबनाएसम्म सुधार हुँदैन
शिक्षामन्त्री पुनलाई भिसीहरूको जवाफ- विश्वविद्यालयलाई राजनीतिमुक्त नबनाएसम्म सुधार हुँदैन
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
झापाबाट १६ सय ३६ किलो गाँजा बरामद
झापाबाट १६ सय ३६ किलो गाँजा बरामद
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला
वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला
राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित
राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित