तनहुँ कारागारबाट भागेका १४० कैदीबन्दी अझै फरार

Raju Yadav Raju Yadav
|
मंगलबार, आश्विन १४, २०८२
|
|
२ पटक हेरिएको
Shares
तनहुँ कारागारबाट भागेका १४० कैदीबन्दी अझै फरार

सारांश

  • १४ असोज, तनहुँ ।
  • तनहुँ कारागारमा अझै १४० कैदबन्दी फरार रहेका छन्।
  • फरार हुँदा स्थानीय समुदायमा ठूलो भय र असुरक्षा फैलिएको छ।

१४ असोज, तनहुँ ।

तनहुँ कारागारमा अझै १४० कैदबन्दी फरार रहेका छन्। फरार हुँदा स्थानीय समुदायमा ठूलो भय र असुरक्षा फैलिएको छ। चोरी, लुटपाट तथा हिंसाको त्रास फैलिएको छ। जिल्ला प्रहरी कार्यालयले हालसम्म १८७ कैदीबन्दी नियन्त्रणमा लिइसकिएको भए पनि बाँकी फरार कैदीबन्दीले समाजमा असुरक्षा बढाएका छन्। कारागारमा रहेका ३२७ मध्ये हालसम्म १८७ कैदीबन्दीलाई मात्र नियन्त्रणमा लिन सकिएको छभने बाँकी फरार रहेका जेलर टेकप्रसाद भट्टराईले जानकारी दिए। कार्यालयले फरार कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते साँझ कारागारबाट भागेका वा भगाइएका कैदीबन्दीलाई असोज २० गते सोमबारसम्म जिल्ला कारागार कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरिएको छ। फरार कैदीबन्दी खोजी तथा पक्राउ कार्यदल, तनहुँले आइतबार सार्वजनिक गरेको सूचनामा भनिएको छ, “निर्धारित मितिसम्म सम्पर्कमा नआए कारागार ऐन, २०७९ तथा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेछ।” साथै फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई पनि कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ। कारागार प्रशासनले फरार कैदीहरूको अवस्थाबारे जानकारी हुने परिवार, समुदाय, नागरिक समाज, पत्रकार तथा व्यवसायीलाई खोजी कार्यमा सहयोग गर्न आग्रह गर्दै जानकारी दिने व्यक्तिको पहिचान गोप्य राखिने उल्लेख गरेको छ।

फरार कैदीबन्दीबारे जानकारी भएमा सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल मनकामना गण नं २३ भानु तथा कारागार कार्यालयका सम्बन्धित पदाधिकारीलाई सम्पर्क गर्न सकिने जनाइएको छ। यसका लागि कारागारले सहायक प्रमुख जिल्ला अधिकारीलाई ९८५६००११११, जिल्ला प्रहरी कार्यालयलाई ९८५६०९०२९८, ९८५६०९०१७८ वा ०६५–५६३१९९, सशस्त्र प्रहरी बल मनकामना गण नं २३ भानुलाई ९८५१२७२०९९, सशस्त्र प्रहरी निरीक्षक वसन्त जिसीलाई ९८५६०६५७४० र कारागार प्रशासकलाई ९८५६०८४७७७ मा सम्पर्क गर्न सकिने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु
सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु
सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बानेश्वरमा फेरि गोली चोल्यो, ३ जना घाइते
बानेश्वरमा फेरि गोली चोल्यो, ३ जना घाइते
सर्लाही-४ मा गगनलाई हराउँदै अमरेश सिंह निर्वाचित
सर्लाही-४ मा गगनलाई हराउँदै अमरेश सिंह निर्वाचित
राष्ट्रिय सभामा रहेका विधेयक अघि बढाउन सरकार तयार
राष्ट्रिय सभामा रहेका विधेयक अघि बढाउन सरकार तयार
हामी ओली सरकारको रैती होइनौं, अब सडकमा उत्रिऔं -सांसद सुमना श्रेष्ठ
हामी ओली सरकारको रैती होइनौं, अब सडकमा उत्रिऔं -सांसद सुमना श्रेष्ठ
एयरपोर्टपछि नागढुंगाबाट पनि २ किलो सुनसहित तीन जना पक्राउ
एयरपोर्टपछि नागढुंगाबाट पनि २ किलो सुनसहित तीन जना पक्राउ
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ
५२ प्रतिशत विद्यार्थी फेल गराउनु पनि शिक्षकका लागि मज्जाको कुरा बनेको छ : प्रधानमन्त्री ओली
५२ प्रतिशत विद्यार्थी फेल गराउनु पनि शिक्षकका लागि मज्जाको कुरा बनेको छ : प्रधानमन्त्री ओली
आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला
आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला