नव युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नेछौँः महासचिव पोखरेल

Raju Yadav Raju Yadav
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
३ पटक हेरिएको
Shares
नव युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नेछौँः महासचिव पोखरेल

सारांश

  • ३ असोज, काठमाडौं ।
  •   नेकपा एमालेका महासचिव शंकर पोखरेलले नव युवाहरूसँग हातेमालो गरेर मूलधारको राजनीतिमा जोड्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।
  • संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

३ असोज, काठमाडौं । 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नव युवाहरूसँग हातेमालो गरेर मूलधारको राजनीतिमा जोड्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।कार्यक्रममा पोखरेलले भने, ‘युवाहरूको असन्तोष राज्य र राजनीतिक दलहरूको विरुद्धमा देखा परेको छ ।

तिनै युवाहरूलाई राजनीतिको मूल धारमा जोड्न हामीले खोजिरहेका छौँ । उनीहरूलाई नेकपा एमाले नै युवा र जनताको भाव बोक्ने पार्टी हो भनेर अगाडी बढ्नेछौँ । नव युवाहरूसँग हातेमालो गरेर मूलधारको राजनीतिमा जोड्नु पर्ने आजको आवश्यकता छ । हामी उनीहरूलाई जोड्नेछौँ ।’ हरेक पटक आफ्नो पार्टीले कामको समीक्षा गरेको बताउँदै महासचिव पोखरेलले अगाडी भने, ‘हरेक पटक हामीले कामको समीक्षा गरेका छौँ । समीक्षाको जगमा रहेर पार्टीलाई अगाडी बढाएका छौँ । युवाहरू पार्टीप्रति रुचि घट्दै गएको समीक्षा गरेर हरेक वडाहरूबाट युवाहरूलाई समेटिरहेका छौँ ।’ नेता तथा कार्यकर्ताहरुको सम्पत्ति छानिछानी तोडफोड गर्ने र आगजनी गर्ने काम लोकतान्त्रिक हुन नसक्ने बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘राजनीति दलका नेता तथा कार्यकर्ताहरूलाई छानाछानी सम्पत्तिहरू तोडफोड गर्ने र आगजनी गर्ने जस्ता क्रियाकलापहरू लोकतान्त्रिक हुनै सक्दैन । यो एक प्रकारले लोकतन्त्रकमाथिको प्रहार हो । यस्तो काम नयाँ पुस्ताको आन्दोलनको नाममा घुसपैठ गर्नेहरूले लुकेर गरेको काम हो यो ।’ त्यस्तै, पोखरेलले देशभर क्षति भएका संरचनाहरूको पुनर्निर्माणका लागि एमाले एकजुट हुने समेत जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ
फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान
यस्तो छ, सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
कसैको घरलाई निसाना बनाउनु समाधान होइन : गुरुङ
कसैको घरलाई निसाना बनाउनु समाधान होइन : गुरुङ
ठेक्का तोडिँदा बैंकिङ क्षेत्र प्रभावित हुन्छः कार्यकारी निर्देशक पौडेल
ठेक्का तोडिँदा बैंकिङ क्षेत्र प्रभावित हुन्छः कार्यकारी निर्देशक पौडेल
साइबर ब्युरो पुगिन् गायिका एलिना चौहान
साइबर ब्युरो पुगिन् गायिका एलिना चौहान
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन
सदनमा प्रस्तुत अध्यादेश पास हुन्छ : सञ्चारमन्त्री
सदनमा प्रस्तुत अध्यादेश पास हुन्छ : सञ्चारमन्त्री
सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
रक्षामन्त्री राई र जापानी राजदूत तोरुबीच भेटवार्ता
रक्षामन्त्री राई र जापानी राजदूत तोरुबीच भेटवार्ता