नियमित काममा फर्किए प्रचण्ड र माधव नेपाल

Raju Yadav Raju Yadav
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
३ पटक हेरिएको
Shares
नियमित काममा फर्किए प्रचण्ड र माधव नेपाल

सारांश

  • ३१ भदौ, काठमाडौं ।
  • जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको नियन्त्रणमा राखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नियमित काममा फर्किएका छन् ।
  • प्रचण्डले जलेको केन्द्रीय मुख्यालय पेरिसडाडाँको आज अनुगमन गरेका छन् ।

३१ भदौ, काठमाडौं ।

जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको नियन्त्रणमा राखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नियमित काममा फर्किएका छन् । प्रचण्डले जलेको केन्द्रीय मुख्यालय पेरिसडाडाँको आज अनुगमन गरेका छन् । माधव नेपालले हिजै केन्द्रीय कार्यालय आलोकनगर सहित ११ ठाउँको अवलोकन गरेका थिए ।

उनको सचिवालयका अनुसार पार्टी कार्यालय, आफ्नै घर, कान्तिपुर टेलिभिजन र अरु नेताहरको जलेको घर अवलोकन गरेका छन् । शंकर पोखरेल, प्रेम आले, अग्नि खरेल, झलनाथ खनाल, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र रघुजी पन्तको जलेको घर अध्यक्ष नेपालले अवलोकन गरे । स्रोतका अनुसार माधव नेपाललाई सेनाले २५ भदौमै ब्यारेकबाट छोडेको थिए । माधवलाई प्रचण्डसँगै सिंहदरबारस्थित सेनाको ब्यारेकमा राखिएको थियो । विपक्षी दलहरुको बैठकका निम्ति त्यहाँ पुगेका प्रचण्ड र माधवलाई त्यही सेनाको ब्यारेकमा राखिएको थियो ।

‘धेरैले शिवपुरीमा नजरबन्द गरिएको भनेर हल्ला चलाए । कतिपय भैरवनाथ गणमा राखिएको भने’ स्रोतले भन्यो, ‘तर उहाँहरुलाई एक दिन सिंहदरबारमा राखिएको हो। भोलिपल्टदेखि आफन्तको घरमा बस्दै आएनु भएको छ ।’ अहिले प्रचण्ड र माधव नेपालले आफन्तको घरमा शरण लिदै आएका छन् । प्रचण्डले हरेक दिन आफू बस्ने डेरा सार्दै आएको माओवादी स्रोतले जनायो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष, प्रबन्धकसहित ७ जना पक्राउ
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष, प्रबन्धकसहित ७ जना पक्राउ
न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै
न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै
जसपा नेपालको केन्द्रीय प्रचार विभाग बैठक बस्दै
जसपा नेपालको केन्द्रीय प्रचार विभाग बैठक बस्दै
जलसतह बढेपछि गण्डक ब्यारेजका ३६ सौ ढोका खोलिए
जलसतह बढेपछि गण्डक ब्यारेजका ३६ सौ ढोका खोलिए
एक सातामा धरहराबाट करिब १५ लाख राजस्व संकलन
एक सातामा धरहराबाट करिब १५ लाख राजस्व संकलन
भारी वर्षा र भूस्खलनका कारण उत्तरी चीनमा ३० जनाको मृ*त्यु
भारी वर्षा र भूस्खलनका कारण उत्तरी चीनमा ३० जनाको मृ*त्यु
पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने
पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने
हैजा संक्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर
हैजा संक्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर
शिक्षकहरूका माग सम्बोधनका लागि सशक्त आवाज उठाउन रास्वपाको निर्देशन
शिक्षकहरूका माग सम्बोधनका लागि सशक्त आवाज उठाउन रास्वपाको निर्देशन
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति