नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १९, २०८२
|
|
२ पटक हेरिएको
Shares
नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान

सारांश

  • १९ भदौ, काठमाडौँ ।
  • नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
  • गृह सचिव गोकर्णमणि दुवाडीले उनलाई फुली लगाइदिएका हुन् ।

१९ भदौ, काठमाडौँ ।

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह सचिव गोकर्णमणि दुवाडीले उनलाई फुली लगाइदिएका हुन् । भदौ १३ मा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक नियुक्त गरेको हो ।

अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार नवनियुक्त प्रहरी महानिरीक्षक खापुङ छोटो समय मात्र पदमा रहन्छन् । संसदमा छलफलमा रहेको प्रहरी विधेयक पारित नभएको अवस्थामा उनले २ महिना ७ दिन मात्र प्रहरीको कमान्ड समाल्ने छन् । २०२७ मङ्सिर २३ मा तेह्रथुममा जन्मिएका खापुङ २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकमा नियुक्त भएका थिए ।

करिब तीन दशक लामो सेवाकालमा उनले मोरङ, धरान, दरबारमार्ग, बागलुङलगायतका थुप्रै प्रहरी इकाइमा नेतृत्व गरेका छन् । २०८० वैशाखमा डीआईजी बनेका खापुङले कोशी प्रदेश प्रहरी प्रमुख र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि जिम्मेवारी सम्हालेका थिए ।

उनले इटाली, भियतनाम र चीनसहित विभिन्न देशमा १४ वटा तालिम लिएका छन् । आगामी कार्तिक २६ मा सेवा अवधि पूरा गरी उनी अवकाशमा जानेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो
दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो
पठाओ चालक : माइक्रोले ठक्कर दिँदा सर्लाहीका २४ वर्षीय युवकको मृ*त्यु
पठाओ चालक : माइक्रोले ठक्कर दिँदा सर्लाहीका २४ वर्षीय युवकको मृ*त्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ् दुर्घटना, चार जनाको सकुशल उद्दार
पोखरामा दुई वटा प्याराग्लाइडिङ् दुर्घटना, चार जनाको सकुशल उद्दार
ग्यासको अभाव झेल्दै सहर, मधेशका गाउँमा गोइँठाकै भर
ग्यासको अभाव झेल्दै सहर, मधेशका गाउँमा गोइँठाकै भर
पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन
पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन
आफ्नै प्रेसबाट सरकारले सुरु गर्‍यो ड्राइभिङ लाइसेन्स छपाइ
आफ्नै प्रेसबाट सरकारले सुरु गर्‍यो ड्राइभिङ लाइसेन्स छपाइ
लमजुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
लमजुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द
आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द
पार्टी संगठन विस्तारमा लाग्न नेताकार्यकर्तालाई महतोको आग्रह
पार्टी संगठन विस्तारमा लाग्न नेताकार्यकर्तालाई महतोको आग्रह
सशस्त्र प्रहरी बलले देशव्यापी विपद् सूचक  ‘सञ्जाल’ तयार पार्दै
सशस्त्र प्रहरी बलले देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै