पशुपति मन्दिरमा करिब डेढ लाख भक्तजनहरुले गरे दर्शन
सारांश
- १० भदौ, काठमाडौं ।
- तीजको अवसरमा पशुपति मन्दिरमा मंगलबार दिउसोसम्म करिब डेढ लाख भक्तजनहरुले दर्शन गरेका छन् ।
- मंगलबार पशुपति मन्दिरमा भित्र दर्शन गर्नेको संख्या करिब डेढ लाख भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभास चन्द्र जोशीले जानकारी दिए ।
१० भदौ, काठमाडौं ।
तीजको अवसरमा पशुपति मन्दिरमा मंगलबार दिउसोसम्म करिब डेढ लाख भक्तजनहरुले दर्शन गरेका छन् । मंगलबार पशुपति मन्दिरमा भित्र दर्शन गर्नेको संख्या करिब डेढ लाख भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभास चन्द्र जोशीले जानकारी दिए ।
उनले अझै भक्तजनको भीड बढ्दै गएको पनि जानकारी दिए । तीजका अवसरमा महादेवको पूजा हुने हुनाले महादेवका मन्दिरहरुमा भीड लाग्ने गर्दछ । यसै सन्दर्भमा पशुपति मन्दिरमा पनि भीड लागेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया