भूमिसम्बन्धी विधेयकविरुद्ध आन्दोलन गर्ने जसपाको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ७, २०८२
|
|
२ पटक हेरिएको
Shares
भूमिसम्बन्धी विधेयकविरुद्ध आन्दोलन गर्ने जसपाको घोषणा

सारांश

  • ७ भदौ, काठमाडौं ।
  •   जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
  •   जसपाले शनिबार विज्ञप्ति जारी गरेर भदौ ९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।

७ भदौ, काठमाडौं । 

जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको भन्दै आन्दोलनको घोषणा गरेको छ ।  जसपाले शनिबार विज्ञप्ति जारी गरेर भदौ ९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध आन्दोलनको घोषणा गरेको हो । महासचिव लालबाबु राउतद्वारा जारी गरिएको विज्ञप्तिमा ‘भूमि र वन बचाउँ, मधेशलाई मरूभूमिकरण हुनबाट जोगाउँ’ अभियानअन्तर्गत भूमि विधेयकविरुद्ध कडा प्रतिकार गर्ने र विरोधमा उत्रिने निर्णय गरेबमोजिम आन्दोलनको घोषणा गरिएको उल्लेख छ ।

उनले भूमिसम्बन्धी विधेयकको विरोधमा देशका विभिन्न सहरहरूमा व्यापक विरोध प्रदर्शनमा सहभागी भएर सहयोग गर्न आम–जनसमुदायमा अपील पनि गरेका छन् । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भदौ ५ गते सरकारले राष्ट्रियहीत विपरीत रहेको विवादित भूमि विधेयकको प्रक्रिया अगाडि बढाएको भन्दै जसपाले आपत्ति जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
राष्ट्रिय क्रिकेट टोली आज यूएई जाँदै
राष्ट्रिय क्रिकेट टोली आज यूएई जाँदै
सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने
सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली
सुत्केरी व्‍यथाले छट्पटिएकी महिलाले प्रहरीको सहयोगमा सडकमै जन्माइन् बच्चा
सुत्केरी व्‍यथाले छट्पटिएकी महिलाले प्रहरीको सहयोगमा सडकमै जन्माइन् बच्चा
उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग
उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग
क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा
क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा
संसदीय समितिबाट पारित गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयक अनिश्चित
संसदीय समितिबाट पारित गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयक अनिश्चित
तोलामा पाँच सयले घट्यो सुनको मूल्य
तोलामा पाँच सयले घट्यो सुनको मूल्य
अस्पतालको तेस्रो तलाबाट हाम फालेर मिर्गौला फेल भएका वृद्धको मृत्यु
अस्पतालको तेस्रो तलाबाट हाम फालेर मिर्गौला फेल भएका वृद्धको मृत्यु