सरकारलाई शिक्षक महासंघको अल्टिमेटम – २१ गतेभित्र विधेयक पारित नभए थप शक्तिशाली आन्दोलन

Raju Yadav Raju Yadav
|
मंगलबार, श्रावण ६, २०८२
|
|
२ पटक हेरिएको
Shares
सरकारलाई शिक्षक महासंघको अल्टिमेटम – २१ गतेभित्र विधेयक पारित नभए थप शक्तिशाली आन्दोलन

सारांश

  • ६ साउन, काठमाडौं ।
  • नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २१ साउनभित्र प्रतिनिधिसभाबाट पारित गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।
  • उक्त म्यादभित्र विधेयक पारित नभए विगतको भन्दा शक्तिशाली आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ ।

६ साउन, काठमाडौं ।

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २१ साउनभित्र प्रतिनिधिसभाबाट पारित गर्न सरकारलाई अल्टिमेटम दिएको छ । उक्त म्यादभित्र विधेयक पारित नभए विगतको भन्दा शक्तिशाली आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै हालसम्मको अवस्था विश्लेषण गर्दा राज्य पक्ष फेरि पनि शिक्षक तथा कर्मचारीलाई धोका दिने प्रयासमा रहेको देखिएको उल्लेख गरेका छन् । ‘संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलिरहेको छलफल शीघ्र टुंग्याई विगतका सहमतिअनुसारको विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा

पेस गरी कम्तीमा २१ साउनभित्र पारित गराउन सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ । महासंघले २१ साउनसम्ममा विधेयक पारित नभए वा सहमतिविपरीतका प्रावधानसहित विधेयक अघि बढेमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । ‘विगतमा भन्दा कडा र सशक्त आन्दोलन गर्नेछौँ, जसको सम्पूर्ण जिम्मेवारी राज्यपक्षले लिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ । महासंघले आन्दोलनका कार्यक्रम आवश्यकताअनुसार यथासमयमा सार्वजनिक गरिने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पालिका अध्यक्ष भोलनद्वारा सरकारी गाडी फिर्ता
पालिका अध्यक्ष भोलनद्वारा सरकारी गाडी फिर्ता
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं महानगरका एसपीसहित ६ नगरप्रहरी र एक वडा सदस्यविरुद्ध उजुरी
काठमाडौं महानगरका एसपीसहित ६ नगरप्रहरी र एक वडा सदस्यविरुद्ध उजुरी
कोशीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ
कोशीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ
स्वास्थ्य नितिहरुमा यौनिक तथा लैङ्गिक समाजका व्यक्तिहरूलाई समेत जोड्नु पर्छ: मन्त्रि सुरिता कुमारी
स्वास्थ्य नितिहरुमा यौनिक तथा लैङ्गिक समाजका व्यक्तिहरूलाई समेत जोड्नु पर्छ: मन्त्रि सुरिता कुमारी
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी अस्पताल भर्ना
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी अस्पताल भर्ना
विगतका कमजोरीको समिक्षा गरेर सुधार गर्ने संकल्पसहित अघि बढौं: अध्यक्ष नेपाल
विगतका कमजोरीको समिक्षा गरेर सुधार गर्ने संकल्पसहित अघि बढौं: अध्यक्ष नेपाल
चितवनले दोस्रो सिजनको एनपिएलका लागि गर्‍यो कुशल मल्लसहित ६ खेलाडी रिटेन
चितवनले दोस्रो सिजनको एनपिएलका लागि गर्‍यो कुशल मल्लसहित ६ खेलाडी रिटेन
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
बढ्यो  नेप्से१० अर्ब ८७ करोडको सेयर कारोबार,
बढ्यो नेप्से१० अर्ब ८७ करोडको सेयर कारोबार,