बामदेब गौतमको अभियान र एकीकृत समाजवादीबीच एकता हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
३३ पटक हेरिएको
Shares
बामदेब गौतमको अभियान र एकीकृत समाजवादीबीच एकता हुने

सारांश

  •   बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) बीचमा एकता हुने भएको छ ।
  • समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका अध्यक्ष गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै एकताको सहमति गरिएको बताएका हुन् ।
  • एकीकृत समाजवादीका अध्यक्ष नेपाल र अभियानका अध्यक्ष गौतमबीचमा छलफल हुँदा राजनीतिक दर्शन, सिद्धान्ततः, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आवश्यकतामा ध्यानमा राख्दै एकतामा सहमति गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

२७ असार, काठमाडौं । 

बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) बीचमा एकता हुने भएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका अध्यक्ष गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै एकताको सहमति गरिएको बताएका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र अभियानका अध्यक्ष गौतमबीचमा छलफल हुँदा राजनीतिक दर्शन, सिद्धान्ततः, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आवश्यकतामा ध्यानमा राख्दै एकतामा सहमति गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । साथै साउन २ गते राष्ट्रिय सभागृहमा एक समारोहको आयोजना गरेर एकताको घोषणा गरिने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?