नेपालगन्जमा २२ सय करदाता निलम्बन

Raju Yadav Raju Yadav
|
बुधबार, जेठ २८, २०८२
|
|
२ पटक हेरिएको
Shares
नेपालगन्जमा २२ सय करदाता निलम्बन

सारांश

  • २८ जेठ, काठमाडौं ।
  •   आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा परेका छन्।
  • आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दुई हजार दुई सयको हाराहारीमा मूल्यअभिवृद्धि करदाताले विवरण नबुझाएकाले उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए।

२८ जेठ, काठमाडौं । 

आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा परेका छन्।आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दुई हजार दुई सयको हाराहारीमा मूल्यअभिवृद्धि करदाताले विवरण नबुझाएकाले उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए।

‘विवरण नबुझाएकालाई निलम्बन गरिएको छ र संस्थाको कारोवार पनि रोक्का गरिएको छु,’ उनले भने। आन्तरिक राजस्व विभागले छ महिनादेखि लगातार मूल्यअभिवृद्धि कर विवरण नबुझाएका करदादातालाई निलम्बन गर्दै आएको छ। बाँकेमा आठ हजारभन्दा बढी मूल्यअभिवृद्धिमा आबद्ध करदाता रहेका छन्। करदातालाई करको विवरण पेस गर्नुपर्छ भन्ने ज्ञान भएर पनि बेवास्ता गर्दा विभागको निलम्बनमा परेको प्रमुख न्यौपानेले जानकारी दिए।

उनले  यसअघि कानुन अस्पष्ट हुँदा यस्तो कारबाही नभए पनि अब ऐन, नियम स्पष्ट भएकाले अबदेखि निलम्बनको कारबाही निरन्तर हुँदै जाने स्पष्ट गरे। ‘निलम्बन भएका फार्मसँग कुनै कारोबार गर्नुहँदैन, यसले कारोबार गर्नेलाई पनि समस्या हुन्छु,’ उनले भने। यसअघि विभागले मूल्यअभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा ८ बमोजिम लगातार छ महिनासम्म कर विवरण पेस नगर्ने करदाताको नाम सार्वजनिक गरेको थियो। यस्ता करदाताको करकट्टी रोक्का राखी मूल्यअभिवृद्धि कर दर्ता निलम्बन गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै
मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै
राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिन सकिने
राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिन सकिने
सिन्धुलीमा गाडी र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ९ जना घाइते
सिन्धुलीमा गाडी र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ९ जना घाइते
मोदीले भेटे विमान दुर्घटना बाँचेका एक्ला यात्री, भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए
मोदीले भेटे विमान दुर्घटना बाँचेका एक्ला यात्री, भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए
राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा
राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा
हरिवनमा २९ वटा सिसिटिभी जडान र ट्राफिक प्रहरी पोष्टको समुद्घाटन
हरिवनमा २९ वटा सिसिटिभी जडान र ट्राफिक प्रहरी पोष्टको समुद्घाटन
राष्ट्रपति भेट्न शीतल निवासमा सभामुख
राष्ट्रपति भेट्न शीतल निवासमा सभामुख
रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने
रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने
कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा
कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा
सिरहा भन्सार कार्यालयले उठायो लक्ष्यभन्दा बढी राजस्व
सिरहा भन्सार कार्यालयले उठायो लक्ष्यभन्दा बढी राजस्व