नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ९ यात्रु घाइते

Raju Yadav Raju Yadav
|
आइतबार, जेठ ११, २०८२
|
|
२ पटक हेरिएको
Shares
नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ९ यात्रु घाइते

सारांश

  •   ११ जेठ, नुवाकोट ।
  • काठमाडौंबाट नुवाकोट प्रवेशका लागि छोटो दूरीको बालाजु–टोखा–छहरे–त्रिशूली सडकखण्डमा आइतवार एउटा यात्रुवाहक माइक्रोबस दुर्घटनाग्रस्त भएको छ।
  • त्रिशूलीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३००१ज०८५४ नम्बरको विद्युतीय माइक्रोबस शिवपुरी गाउँपालिका-७ गुरुङगाँउमा दुर्घटना हुँदा पाँच महिलासहित ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

११ जेठ, नुवाकोट ।

काठमाडौंबाट नुवाकोट प्रवेशका लागि छोटो दूरीको बालाजु–टोखा–छहरे–त्रिशूली सडकखण्डमा आइतवार एउटा यात्रुवाहक माइक्रोबस दुर्घटनाग्रस्त भएको छ। त्रिशूलीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३००१ज०८५४ नम्बरको विद्युतीय माइक्रोबस शिवपुरी गाउँपालिका-७ गुरुङगाँउमा दुर्घटना हुँदा पाँच महिलासहित ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।उक्त माइक्रोबस सडकबाट १० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए।

घाइतेहरूको सुरक्षाकर्मी तथा स्थानीयवासीले उद्धार गरि उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौं पठाइएको डीएसपी लामाले बताए। प्रहरीले गाडी चालक ३६ वर्षीय रवि बस्नेतलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा परी नुवाकोटको लिखु गाउँपालिका-४ चौघडाकी ३९ वर्षीया मैना राई,  काठमाडौंको महाराजगंजकी  ४६ वर्षीया लक्ष्मी खड्गी, काठमाडौको गोंगबुकी ३५ वर्षीया सिर्जना लामा, विदुर नपा ५ माझिटारकी १८ वर्षीया बिपना अर्याल, शिवपुरी तलाखुका २८ वर्षीय रसमान लामा, सोही स्थानका  १८ वर्षीय विजय लामा, काठमाडौंको कलंकी बस्ने ३९ वर्षीया सरस्वती राई, सोही स्थानका  ३८ वर्षीय श्याम दगौरा र रसुवाको उत्तरगया गापा ५ का २५ वर्षीय महेन्द्र श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागूऔषधसहित तीन जना पक्राउ
लागूऔषधसहित तीन जना पक्राउ
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
चोरीको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ
चोरीको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ
छुट्टै राज्यको माग गर्दै भारतको लद्दाखमा चर्कियो प्रदर्शन, भाजपाको कार्यालयमा आगजनी
छुट्टै राज्यको माग गर्दै भारतको लद्दाखमा चर्कियो प्रदर्शन, भाजपाको कार्यालयमा आगजनी
वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल
वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार
एमाले सर्लाहीको नवौं अधिवेशनको नारा र लोगो सार्वजनिक
एमाले सर्लाहीको नवौं अधिवेशनको नारा र लोगो सार्वजनिक
दक्षिण कोरिया : सोधपुछमा अटेरी गर्ने पूर्वराष्ट्रपतिविरुद्ध नयाँ पक्राउ पुर्जी
दक्षिण कोरिया : सोधपुछमा अटेरी गर्ने पूर्वराष्ट्रपतिविरुद्ध नयाँ पक्राउ पुर्जी
विद्युत् प्राधिकरणको ठेक्का काण्डमा सांसद डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी
विद्युत् प्राधिकरणको ठेक्का काण्डमा सांसद डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी
सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद
सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद