पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो
सारांश
- २४ वैशाख, काठमाडौं ।
- पाकिस्तानले गरेको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुगेको छ ।
- भारतीय सेनाले दिएको जानकारी अनुसार सीमापारीबाट भएको गोलीवारीमा अहिलेसम्म १५ जना सर्वसाधारणको मृत्यु भएको र ४३ जना घाइते भएको छ।

२४ वैशाख, काठमाडौं ।
पाकिस्तानले गरेको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुगेको छ । भारतीय सेनाले दिएको जानकारी अनुसार सीमापारीबाट भएको गोलीवारीमा अहिलेसम्म १५ जना सर्वसाधारणको मृत्यु भएको र ४३ जना घाइते भएको छ।

जम्मू कश्मीरको पुंछ र तंगधारका नागरिक क्षेत्रहरू गोलाबारीबाट प्रभावित भएको सेनाले बताएको छ । मंगलबार राति, भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै स्थानमा हवाई आक्रमण गरेको थियो, जसमा २६ जना सर्वसाधारणको मृत्यु भएको थियो भने ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया