पोखरा महानगरपालिका– ४ का वडाध्यक्ष पक्राउ

Raju Yadav Raju Yadav
|
बुधबार, बैशाख २४, २०८२
|
|
३ पटक हेरिएको
Shares
पोखरा महानगरपालिका– ४ का वडाध्यक्ष पक्राउ

सारांश

  •   २४ वैशाख, पोखरा ।
  • कास्कीको पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन ।
  • उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।

२४ वैशाख, पोखरा ।

कास्कीको पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन । उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । पराजुलीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको कास्की प्रहरीका एक अधिकारीले जानकारी दिए ।

वडाध्यक्ष पराजुलीले मंगलबार पोखरा महानगरपालिकाका एक कर्मचारी र पन्थी गल्लीका एक व्यवसायीमाथि हातपात गरेका थिए । यद्यपि, उनले आफूले प्रतिरक्षा मात्र गरेको दाबी गर्दै आएका छन् । कुटिएका व्यवसायीले वडा कार्यालयमा नै उनीविरुद्ध नाराबाजी समेत गरेका थिए भने मंगलबार साँझ कास्की प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।मंगलबार वडाध्यक्ष पराजुलीले महानगरको प्रशासन महाशाखाका सातौँ तहका अधिकृतमाथि प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने हातपात गरेका थिए । उक्त घटनालगत्तै कर्मचारी संगठनहरूले विज्ञप्ति निकालेर विरोध जनाएका थिए । “‘निन्दनीय घटनाप्रति हामी पोखरा महानगरपालिकमा क्रियाशील कर्मचारी संगठनहरूको तर्फबाट घोर भर्त्सना गर्दछौँ ।

उक्त घटनामा संलग्न व्यक्ति उपर २४ घन्टाभित्र कानुनबमोजिम कारबाही गर्न ध्यानाकर्षण गर्दछौँ, अन्यथा मिति २०८२ वैशाख २४ गतेदेखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प गरी अन्य आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइने व्यहोरा समेत जानकारी गराउँदछौँ,” विज्ञप्तिमा भनिएको छ । कर्मचारीहरूकै आन्दोलनका कारण बुधबार पोखराका वडाहरूमा समेत काम प्रभावित भएको छ । स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले मंगलबार नै संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका थिए । उनीहरूकै अग्रसरतामा आन्दोलन भएको हो । कर्मचारीहरूको जाहेरी भने प्रहरीमा हालसम्म गएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीद्धारा तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको शुभकामना व्यक्त
प्रधानमन्त्री कार्कीद्धारा तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको शुभकामना व्यक्त
भूकम्प प्रभावित क्षेत्रमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने
भूकम्प प्रभावित क्षेत्रमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने
बुवाको ह*त्यामा संलग्न छोरा पक्राउ
बुवाको ह*त्यामा संलग्न छोरा पक्राउ
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी
निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा, आज सुझाव संकलन
निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा, आज सुझाव संकलन
बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गराउँदा नगरपालिकाले ५ हजार दिने
बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गराउँदा नगरपालिकाले ५ हजार दिने
संसद् बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा
संसद् बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा
पोखरा महानगरपालिकाका प्रमुख मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
पोखरा महानगरपालिकाका प्रमुख मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
सुनको मूल्य तोलामा एक हजार तीन सयले बढ्यो
सुनको मूल्य तोलामा एक हजार तीन सयले बढ्यो
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा