बागमती प्रदेश : डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति

Raju Yadav Raju Yadav
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
३ पटक हेरिएको
Shares
बागमती प्रदेश : डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति

सारांश

  •   १२ वैशाख, बागमती– बागमती प्रदेशको विभिन्न जिल्लास्थित सामुदायिक वनमा बर्सेनि हुने वन डढेलोका कारण थुप्रै नवजङ्गल तथा बिरुवा विनाश हुने गरेका छन् ।
  • मानवीय लापरबाहीका कारण हुने डढेलोबाट मानवीय क्षतिसँगै वनस्पति, जीवजन्तु र जैविक विविधतामा क्षति हुने गर्दछ ।
  •  गत माघदेखि चैतसम्म बागमती प्रदेशका विभिन्न जिल्लामा डढेलोका कारण करिब नौ हजार ६०० भन्दा बढी हेक्टर वनमा क्षति पुगेको प्रदेशका वन निर्देशनालयका सूचना अधिकारी टेकनारायण श्रेष्ठले जानकारी दिए ।

 

१२ वैशाख, बागमती

बागमती प्रदेशको विभिन्न जिल्लास्थित सामुदायिक वनमा बर्सेनि हुने वन डढेलोका कारण थुप्रै नवजङ्गल तथा बिरुवा विनाश हुने गरेका छन् । मानवीय लापरबाहीका कारण हुने डढेलोबाट मानवीय क्षतिसँगै वनस्पति, जीवजन्तु र जैविक विविधतामा क्षति हुने गर्दछ । गत माघदेखि चैतसम्म बागमती प्रदेशका विभिन्न जिल्लामा डढेलोका कारण करिब नौ हजार ६०० भन्दा बढी हेक्टर वनमा क्षति पुगेको प्रदेशका वन निर्देशनालयका सूचना अधिकारी टेकनारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार डढेलोबाट सबैभन्दा बढी चितवनमा चार हजार २२१ हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ भने सबैभन्दा कम दोलखामा २३ दशमलव ५५ हेक्टर क्षेत्रफलमा नोक्सानी भएको छ । रामेछापमा एक सय ५०, सिन्धुलीमा पाँच सय ९२, रसुवामा एक सय ६४ दशमलव एक, धादिङमा दुई सय ९८, काभ्रेमा एक सय ८९ र नुवाकोटमा ६७ हेक्टर वन क्षेत्रमा क्षति भएको बागमती प्रदेश वन निर्देशनालयले जनाएको छ ।  ती जिल्लाका सामुदायिक वनहरूमा लागेको डढेलोबाट करिब १५ लाखभन्दा बढी बोटबिरुवा जलेर नष्ट भएका सूचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार डढेलोका कारण मकवानपुरको राप्तीमा एक जनाको मृत्यु भएको छ । जङ्गलमा लागेको डढेला बस्तीसम्म पुग्दा रामेछापमा तीन जनाको चार वटा घर, दुई वटा गोठ, आधा दर्जन बाख्रा र ३५ वटा कुखुरा जलेर मरेका डिभिजन वन कार्यालय रामेछापका प्रमुख उमाशङ्कर जयसवालले जानकारी दिए ।

उनका अनुसार जिल्लामा गत वर्ष लागेको डढेलोले वनका कलिला बिरुवा नष्ट गरेको छ ।गाउँ बस्तीमा समूहहरू निर्माण गरेर डढेलोसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि अघिल्ला वर्षको तुलनामा गत वर्ष करिब ६० प्रतिशतले डढेलो नियन्त्रणमा आएको प्रमुख जयसवालले बताए ।  डढेलो नियन्त्रणका लागि पालिकास्तरीय समितिहरू बनाएका छौँ, सुरक्षा निकायसँग पनि निरन्तर समन्वय भइरहेको छ’, प्रमुख जयसवालले भने, ‘डढेलो लागेलगत्तै हामी ती समूहहरूसँगै नियन्त्रणमा जुटिहाल्छौँ, त्यसमा सुरक्षाकर्मीको पनि साथ पाइरहेका छौँ ।’ अघिल्लो वर्ष करिब एक हजार ८०० हेक्टरमा लागेको डढेलो गत वर्ष छ सय ५० हेक्टर क्षेत्रफलमा मात्र लागेको उहाँले जानकारी दिए । बागमती प्रदेशको कूल क्षेत्रफलको ५९ दशमलव २७ प्रतिशत अर्थात् १२ लाख ४३ हजार ८४४ हेक्टर जमिन वन क्षेत्रले ओगटेको छ । बर्सेनि हुने डढेलो नियन्त्रण गर्न प्रदेशका जिल्लाहरूमा सचेतनामूलक कार्यक्रमसँगै ह्याढडपम्पसहिका उपकरण वितरण गरिएको प्रदेश वन निर्देशनालयका सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

 

दोषी कानुनी दायरा नआउँदा समस्या वनजङ्गलमा हुने डढेलोको मुख्य कारण मानवीय लापरबाही हो । मानवका कारण वन क्षेत्रमा बर्सेनि डढेलो लाग्ने गरे पनि दोषीहरू कानुनी दायरा नआउँदा घटनामा कमी आउन नसकेको डिभिजन वन कार्यालय रामेछापका प्रमुख जयसवालले बताए । उनका अनुसार वन क्षेत्रमा डढेलो लगाउने छ जनालाई यस वर्ष डिभिजन वन कार्यालयले पक्राउ परेको छ ।   ‘गाउँलेहरूले वनमा आगो लगाउनेको सूचना दिएपछि हामीले ती व्यक्तिलाई पक्राउ गर्‍यौँ’, उनले भने, ‘त्यसपछि सरकारी वकिलमार्फत मुद्दा चलाउन प्रक्रिया अघि बढाउने क्रममा मुचुल्काका लागि यकिन बयान दिने व्यक्ति नभएपछि मुद्दा अघि बढ्न सकेन ।’ वनसम्बन्धी ऐनमा डढेलो लगाउने व्यक्तिलाई ६० हजार रुपैयाँ जरिवाना, तीन वर्ष कैद वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली
जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली
प्राधिकरण ८ वर्षमा एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुग्यो
प्राधिकरण ८ वर्षमा एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुग्यो
सोलु हाईड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्काशन
सोलु हाईड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्काशन
विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै
विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै
नागरिकता विधेयकमाथि दफावार छलफल सुरु
नागरिकता विधेयकमाथि दफावार छलफल सुरु
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्‍यो : देव गुरुङ
सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्‍यो : देव गुरुङ
यी नदीमा बाढीको जोखिम बढ्यो, सतर्क रहन आग्रह
यी नदीमा बाढीको जोखिम बढ्यो, सतर्क रहन आग्रह
हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका छन्ः वनमन्त्री शाही
हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका छन्ः वनमन्त्री शाही
मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु आठ घाइते
मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु आठ घाइते