तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै

Raju Yadav Raju Yadav
|
आइतबार, चैत्र १७, २०८१
|
|
२ पटक हेरिएको
Shares
तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै

सारांश

  •   १७ चैत, काठमाडौं ।
  • काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता-कार्यकर्ताहरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिंदैछ ।
  • आन्दोलनको दिन राति पक्राउ परेको र भोलिपल्ट शनिबार भएकोले  आज आइतबार उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न लागिएको हो ।

 

१७ चैत, काठमाडौं ।

काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता-कार्यकर्ताहरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिंदैछ । आन्दोलनको दिन राति पक्राउ परेको र भोलिपल्ट शनिबार भएकोले  आज आइतबार उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न लागिएको हो ।

हिंसात्मक आन्दोलनका क्रममा ११२ जना पक्राउ परेका छन् । जसमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मश्र, महामन्त्री धवल शम्शेर राणा, राजावादी अभियन्ता स्वागत नेपाल, दुर्गा प्रसाईंको रोयल टास्क फोर्स (आरटीएफ)का कमाण्डर लगायत रहेका छन् । राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ । आन्दोलन भड्काउने मुख्य व्यक्ति दुर्गा प्रसाईं भने फरार भएका छन् ।

पक्राउ परेका मध्येहरूबाट स्क्रिनिङ गरेर म्याद थप गराई अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये कसलाई कुन मुद्दा लगाउने भन्ने टुंगो लागिसकेको छैन । १५ गते भएको राजावादीको हिंसात्मक आन्दोलनका क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?