कान्तिपुर इन्जिनियरिङ कलेजमा एमाले अखिलको तालाबन्दी, निर्वाचन अबरुद्ध
सारांश
- ५ चैत, ललितपुर ।
- धापाखेलस्थित कान्तिपुर इन्जिनियरिङ कलेजमा नेकपा (एमाले) निकट अनेरास्ववियुले सोमबार बेलुका तालाबन्दी गरेको छ ।
- स्ववियू निर्वाचनमा पराजित हुने मानसकिताले ताला लगाएको अखिल (क्रान्तिकारी)सहित अन्य तीन विद्यार्थी संगठनले आरोप लगाएका छन् ।
५ चैत, ललितपुर ।
धापाखेलस्थित कान्तिपुर इन्जिनियरिङ कलेजमा नेकपा (एमाले) निकट अनेरास्ववियुले सोमबार बेलुका तालाबन्दी गरेको छ । स्ववियू निर्वाचनमा पराजित हुने मानसकिताले ताला लगाएको अखिल (क्रान्तिकारी)सहित अन्य तीन विद्यार्थी संगठनले आरोप लगाएका छन् ।
अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, नयाँशक्ति विद्यार्थी संगठनले उम्मेदवारी दर्ताको विषयमा छानविनका लागि कलेज प्रशासनसमक्ष माग राखेपछि अखिलले छानविन नै नगरी निर्वाचन गरिनुपर्ने भन्दै तालाबन्दी गरेर निर्वाचन विथोलेको तीन विद्यार्थी संगठनको आरोप छ ।
यसअघि अखिलले उम्मेदवारी दर्ताको समयसीमा कटिसकेपछि उम्मेदवारी दर्ता गरेकाले आफूहरुले छानविको माग गरेको अखिल क्रान्तिकारीले बताएको छ । देशभरका क्याम्पसहरुमा स्ववियू निर्वाचन भइरहँदा उक्त कलेजमा तालाबन्दीसँगै निर्वाचनमा अवरोध भएको छ ।
सत्तासीन दलको भ्रातृ संगठनको तालाबन्दीका कारण चैत १३ गतेदेखि सुरु हुने इन्जिनियरिङ अध्ययन संस्थानको बोर्ड परीक्षसमेत अवरुद्ध हुने अन्य विद्यार्थी संगठनले आरोप लगाएका छन् । तालाबन्दीका कारण परीक्ष प्रवेशपत्र तथा परीक्षा फर्म भर्न समस्या भएको विद्यार्थीहरुको गुनासो छ ।
यसैबीच यथाशिघ्र तालाबन्दी हटाएर स्ववियू निर्वाचन गर्न र बोर्ड परीक्षमा सहभागी हुने विद्यार्थीलाई समस्यामा नपार्न तीन विद्यार्थी संगठनले अखिललाई आग्रह गरेको छ ।






प्रतिक्रिया