कालिकोटमा ९ हजार बढी किशोरीलाई एचपीभी खोप लगाउने तयारी

Raju Yadav Raju Yadav
|
मंगलबार, माघ १५, २०८१
|
|
२ पटक हेरिएको
Shares
कालिकोटमा ९ हजार बढी किशोरीलाई एचपीभी खोप लगाउने तयारी

सारांश

  •   १५ माघ, कालिकोट– जिल्लामा रहेका ९ हजार २ सय ३८ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ।
  • सोमबार स्वास्थ्य सेवा कार्यालय कालिकोटले आयोजना गरेको जिल्ला खोप समन्वय समिति र संचारक्षेत्रको अभिमुखिकरण कार्यक्रममा तीन चरणमा खोप संचालन गरिने बताइएको छ।
  • पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कक्षा ६ देखि १० सम्मका विद्यालय जाने छात्रा र १० वर्ष देखि १४ वर्ष उमेर समुहका विद्यालय नजाने छात्राहरुलाई लगाइने भएको छ।

 

१५ माघ, कालिकोट जिल्लामा रहेका ९ हजार २ सय ३८ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ। सोमबार स्वास्थ्य सेवा कार्यालय कालिकोटले आयोजना गरेको जिल्ला खोप समन्वय समिति र संचारक्षेत्रको अभिमुखिकरण कार्यक्रममा तीन चरणमा खोप संचालन गरिने बताइएको छ।

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कक्षा ६ देखि १० सम्मका विद्यालय जाने छात्रा र १० वर्ष देखि १४ वर्ष उमेर समुहका विद्यालय नजाने छात्राहरुलाई लगाइने भएको छ। ९ हजार ८६ विद्यालय जाने र १ सय ५२ विद्यालय नजाने उमेर समुहका छात्रालाई पहिलो पटक एचपीभी खोप लगाउने तयारी छ। पहिलो चरण अन्तर्गत माघ २२ गते देखि २४ गतेसम्म रास्कोट नगरपालिका, पलाँता, पचालझरना र सान्नीत्रिणेणी गाउँपालिकामा एचपीभी खोप अभियान संचालन हुने छ। दोस्रो चरण माघ २७ गते देखि २९ गतेसम्म खाँडाचक्र नगरपालिका, नरहरीनाथ गाउँपालिका र शुभकालीका गाउँपालिकामा खोप संचालन हुने छ।

त्यस्तै तेस्रो चरणमा तिलागुफा नगरपालिका र महाबै गाउँपालिकामा फाल्गुण ४ गते देखि ६ गते सम्म खोप संचालन हुने बताइएको छ। खोप कार्यक्रम संचालनका लागि १ सय ५२ स्वास्थ्य कर्मी र ३ सय ४ जना स्वयमसेवक खट्ने भएका छन्। जिल्लाका १ सय ५२ वटा खोप केन्द्र रहने छन्। जिल्ला प्रशासन कार्यालय कालिकोटको हलमा संचालन भएको अभिमूखिकरण कार्यक्रममा जिल्ला खोप समन्वय समिति अध्यक्ष तथा समन्वय अधिकारी जनक शर्मा, खाँडाचक्र नगरपालिका उपप्रमुख गणेश बहादुर शाही, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर भिष्म पोखरेल, खोप कार्यक्रम पोकल पर्सन तथा स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महत, सुरक्षा निकायका प्रमुख, पत्रकार, नागरिक समाज लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?