निर्माणाधीन फास्ट ट्रयाकमा टिपर दुर्घटना, एकको मृत्यु
सारांश
- २१ मंसिर, हेटौंडा ।
- निर्माणाधीन तराई-काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
- बकैया गाउँपालिका– ५ झाक्रीडाँडा नजिक निर्माणाधीन सडकमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको हो ।
२१ मंसिर, हेटौंडा । निर्माणाधीन तराई-काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका– ५ झाक्रीडाँडा नजिक निर्माणाधीन सडकमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको हो ।

हात्तीसुडेबाट फास्ट ट्रयाकको बाटोको लागि ग्रावेल लिई जाँदै गरेको ना ८ ख २४३० नम्बरको ट्रिपर आफैं अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार दुर्घटनामा टिपर चालक सानु लोको मृत्यु भएको हो ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया