एमाले सभाका लागि र्‍याली सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ७, २०८१
|
|
११९ पटक हेरिएको
Shares
एमाले सभाका लागि र्‍याली सुरु

सारांश

  • नेकपा एमालेले आज दरबारमार्गमा गर्ने सभाका लागि विभिन्न स्थाबाट र्‍याली निकाल्न सुरु गरेको छ ।
  • अहिले एमाले कार्यकर्ताहरु भद्रकालीमा भेला भएका छन् ।
  • केहीबेरमा सुरु हुने र्‍याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।

७ मंसिर, काठमाडौं ।

नेकपा एमालेले आज दरबारमार्गमा गर्ने सभाका लागि विभिन्न स्थाबाट र्‍याली निकाल्न सुरु गरेको छ । अहिले एमाले कार्यकर्ताहरु भद्रकालीमा भेला भएका छन् । केहीबेरमा सुरु हुने र्‍याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।

एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा सभा गर्दै छ । सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ । कार्यक्रमलाई दिउँसो साढे १ बजे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले प्रदर्शनसहित सभा गर्न लागिएको एमालेले जनाएको छ ।

सभाका लागि काठमाडौं, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउनले एमालेले जनाएको छ ।ट्राफिक प्रहरीले सभा हुने स्थान दरबारमार्ग क्षेत्रमा सवारी आउ–जाउ गर्न रोक लगाएको छ । दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...