भारतको एक अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु,

Raju Yadav Raju Yadav
|
शनिबार, मंसिर १, २०८१
|
|
३ पटक हेरिएको
Shares
भारतको एक अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु,

सारांश

  •     १ मंसिर, भारतीय राज्य उत्तरप्रदेशको झाँसीस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जना नवजात शिशुको मृत्यु भएको छ।
  • भारतीय सञ्चारमाध्यमका अनुसार झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेज, बालरोग विभागको एसएनसीयू वार्डमा शुक्रबार राति भीषण आगलागी भएको हो।
  • जसमा परी १० शिशुको मृत्यु भएको हो।

 

 

१ मंसिर, भारतीय राज्य उत्तरप्रदेशको झाँसीस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जना नवजात शिशुको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेज, बालरोग विभागको एसएनसीयू वार्डमा शुक्रबार राति भीषण आगलागी भएको हो। जसमा परी १० शिशुको मृत्यु भएको हो। साथै ३७ शिशु घाइते भएका छन्।  आगलागीको कारण विद्युत् सर्ट भनिएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले झाँसी प्रहरीलाई घटनाको अनुसन्धान गरी १२ घन्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएकाछन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?