सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड संकलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २३, २०८१
|
|
२ पटक हेरिएको
Shares
सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड संकलन

सारांश

  •   काठमाडौँ ।
  •  सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ ।
  • कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै रकम वृद्धि भएको हो ।

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै रकम वृद्धि भएको हो ।पछिल्लो समय आठ अर्ब ६३ करोड ११ लाख रुपैयाँ योगदान रकम थप भएको कोषले जनाएको हो ।

कोषमा योगदान रकम संकलन हुने क्रममा चालू आर्थिक वर्ष २०८१–८२ को भदौ–असोज तेस्रो सातासम्म कोषको खातामा योगदान रकमबापत ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको हो  । गत आर्थिक वर्ष २०८०–८१ असार तेस्रो सातासम्म कोषमा योगदानबापत ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ संकलन भएको थियो ।

समीक्षा अवधिमा १६ लाख ८१ हजार एक सय ९२ जना योगदानकर्ताहरू कोषमा सूचीकृत भएको प्रवक्ता विवेक पन्थीले जानकारी दिए  । २०७५ मंसिर ११ देखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ देखि योगदान रकम संकलनको थालनी गरेकोमा हालसम्म उक्त रकम संकलन भएको उनको भनाइ छ  ।

औपचारिक र अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोष सफल हुँदै गएको दाबी गरिएको छ  । त्यस्तै, कोषले भदौदेखि सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई पनि सूचीकृत गर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
जेनजी आन्दोलनमा योजनाबद्ध घुसपैठ भयो : तत्कालीन गृहमन्त्री लेखक
जेनजी आन्दोलनमा योजनाबद्ध घुसपैठ भयो : तत्कालीन गृहमन्त्री लेखक
हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत
हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत
सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा दुर्घटना, १३ जना घाइते
सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा दुर्घटना, १३ जना घाइते
पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री
पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री
विश्वासको मत पाउने निश्चित नभएपछि राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री
विश्वासको मत पाउने निश्चित नभएपछि राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री
नेपालले टस हारेर ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन
नेपालले टस हारेर ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य
संसद् बैठकअघि रविले बोलाए संसदीय दलको बैठक
संसद् बैठकअघि रविले बोलाए संसदीय दलको बैठक
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना