सिंहदरबारको दक्षिण गेटमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा ६ जना पक्राउ
सारांश
- कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।
- जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले ६ जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।
- उनीहरुले बाढी पहिरो पीडितलाई सरकारले तत्काल राहत दिनु पर्ने र पुनस्थापना गर्नुपर्ने भन्दै कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए ।
२० असोज, सिंहदरबारको दक्षिण गेट अगाडिबाट ६ जनालाई प्रहरीले पक्राउ परेको छ ।

कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले ६ जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

उनीहरुले बाढी पहिरो पीडितलाई सरकारले तत्काल राहत दिनु पर्ने र पुनस्थापना गर्नुपर्ने भन्दै कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए । प्रदर्शन गर्नेहरु मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का कार्यकर्ताहरु रहेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...
प्रतिक्रिया