बेंगलुरु हत्याकाण्डमा अर्को खुलासा: ‘मुक्तिसँग बिहे गर्न चाहन्थिन् पति छाडेकी महालक्ष्मी’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ११, २०८१
|
|
५१ पटक हेरिएको
Shares
बेंगलुरु हत्याकाण्डमा अर्को खुलासा: ‘मुक्तिसँग बिहे गर्न चाहन्थिन् पति छाडेकी महालक्ष्मी’

सारांश

  • हालै एक भारतीय पत्रिकासँगकोकुराकानीमा मुक्तिका भाइ सत्यले ती महिलाको शव झुण्ड्याएर आत्महत्याजस्तो देखाउने योजना रहेको तर त्यो सफल नभएपछि शरीर टुक्राटुक्रा पारेको बताएका हुन्।
  •   तर ३१ वर्षीय मुक्तिले गत बुधबार ओडिशामा आत्महत्या गरिसकेका छन्।
  • महालक्ष्मीको शव यही सेप्टेम्बर २० का दिन बेंगलुरुको व्याली कवल क्षेत्रमा पर्ने ६ क्रस पाइप लाइन रोडस्थित उनी बस्ने तीनतले भवनभित्रको कोठामा टुक्राटुक्रा अवस्थामा भेटिएको थियो।

११ असोज, भारतको बेंगलुरुमा महालक्ष्मीको बीभत्स हत्याकाण्डका मुख्य आरोपित मुक्ति रञ्जन रेको बारेमा अर्को ठूलो खुलासा भएको छ।

हालै एक भारतीय पत्रिकासँगकोकुराकानीमा मुक्तिका भाइ सत्यले ती महिलाको शव झुण्ड्याएर आत्महत्याजस्तो देखाउने योजना रहेको तर त्यो सफल नभएपछि शरीर टुक्राटुक्रा पारेको बताएका हुन्।  तर ३१ वर्षीय मुक्तिले गत बुधबार ओडिशामा आत्महत्या गरिसकेका छन्। महालक्ष्मीको शव यही सेप्टेम्बर २० का दिन बेंगलुरुको व्याली कवल क्षेत्रमा पर्ने ६ क्रस पाइप लाइन रोडस्थित उनी बस्ने तीनतले भवनभित्रको कोठामा टुक्राटुक्रा अवस्थामा भेटिएको थियो।  टाइम्स अफ इन्डियासँग कुरा गर्दै मुक्तिका भाइ सत्यले आफ्ना दाइले २/३ महिनापछि शव फाल्ने योजना रहेको बताएका छन्। सत्य इन्जिनियरिङका विद्यार्थी हुन्।

उक्त पत्रिकासँग कुरा गर्दै उनले भनेका छन्, ‘म बेरहमपुरमा बसेर बस्छु र पढ्छु, मेरा दाइले त्यहाँ आएर मलाई सबै कुरा बताएका हुन्। उनले महिलाको आफ्नै घरमा हत्या गरी शव झुण्ड्याएर आत्महत्याको घटना देखाउने योजना बनाएका थिए।’उनले थपेका छन्, ‘जब उनको योजना असफल भयो, तब शवलाई टुक्रा-टुक्रा पारे र फ्रिजमा राखे।’ भारतीय सञ्चारमाध्यमका अनुसार २९ वर्षीया महालक्ष्मीले नेपालका हेमन्तदाससँग विवाह गरेकी थिइन्। तर असमझदारी बढेपछि उनी करिब ९ महिनादेखि भाडाको घरमा एक्लै बस्थिन्  भने उनका पति भारतमै तर अर्कै सहरमा बस्थे।  सत्यका अनुसार महालक्ष्मी उनका दाइ मुक्तिसँग विवाह गर्न चाहन्थिन्। तर बेंगलुरुको एउटै पसलमा काम गर्ने

उनीहरूबीच पछिल्लो समय खटपट परिरहेको थियो।  सत्यले पत्रिकासँग भनेका छन्, ‘दाइ (मुक्ति) ले बताएअनुसार महिलाले उनीसँग पैसा मागिरहेकी थिइन्। उनलाई मानसिक पीडा पनि दिइरहेकी थिइन्। हालै उनीहरू दुवै केरला गएका थिए, जहाँ उनीहरूबीच झगडा भएको थियो। त्यसपछि महिलाले प्रहरीसँग आफूलाई मुक्तिले अपहरण गरेको बताइन्। अनि प्रहरीले दाइलाई कुटपिट गर्‍यो र पछि छाडिदियो।’ सत्यले के पनि दाबी गरेका छन् भने ती महिलालाई दुर्व्यवहार गर्नाका साथै बारम्बार गहना र पैसा मागेकाले मुक्ति त्यसबाट छुटकारा पाउन चाहन्थे।

पत्रिकासँग सत्यले भनेका छन्, ‘सेप्टेम्बर ३ मा झगडापछि दाइले महिलाको घाँटी थिचिदिए। त्यसपछि शव छतमा झुण्ड्याउने प्रयास गरे तर सकेनन्। त्यसपछि राति उनले महिलाको शव टुक्राटुक्रा पारेर फ्रिजमा राखे।’ सत्यका भनाइअनुसार मुक्तिले शवका टुक्रा २/३ महिनापछि फाल्ने योजना बनाएका थिए।’  यो अपराधपछि मुक्ति डिप्रेसनमा गएको उनका भाइ सत्यको भनाइ छ।उनले पत्रिकासँग भनेका छन्, ‘उन (मुक्ति) ले मसँग महिलाको हत्या गर्दा र उनको शरीर टुक्राटुक्रा पार्दा आफूलाई कुनै होस नभएकाे बताएका थिए।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढुक्क भए हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
ढुक्क भए हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन काँग्रेसको ‘ह्विप’
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन काँग्रेसको ‘ह्विप’
प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता
प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता
तीस करोडको लागतमा अस्पताल भवन निर्माण   
तीस करोडको लागतमा अस्पताल भवन निर्माण   
केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार
केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार
प्रहरी कार्यालयमा विचौलियाको प्रवेश रोक्न आइजी कार्कीको निर्देशन
प्रहरी कार्यालयमा विचौलियाको प्रवेश रोक्न आइजी कार्कीको निर्देशन
चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी
चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी
रविको पक्राउविरुद्ध रास्वापाले गरायो मानवअधिकार आयोगको ध्यानाकर्षण
रविको पक्राउविरुद्ध रास्वापाले गरायो मानवअधिकार आयोगको ध्यानाकर्षण
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा उत्रने
आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा उत्रने
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...