एसपी–डीएसपी सरुवामा प्रहरीभित्र असन्तुष्टि, मिचियो मापदण्ड

Raju Yadav Raju Yadav
|
बुधबार, आश्विन ९, २०८१
|
|
२ पटक हेरिएको
Shares
एसपी–डीएसपी सरुवामा प्रहरीभित्र असन्तुष्टि, मिचियो मापदण्ड

सारांश

  •   ९ असोज, काठमाडौं ।
  • प्रहरी प्रधान कार्यालयले सोमबार गरेको ४१ प्रहरी उपरीक्षक (एसपी) र १४३ प्रहरी नायव उपरीक्षक (डीएसपी) को हरुको काज तथा सरुवा मंगलबार सार्वजनिक गरेको छ ।
  • प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर ग्रीसको एथेन्समा आयोजित इन्टरनेसनल ड्रग्स इन्फोर्समेन्ट कन्फरेन्समा भाग लिन गएका बेला सार्वजनिक सरुवा सूचीले संगठनभित्र असन्तुष्टि देखिएको छ ।

 

९ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार गरेको ४१ प्रहरी उपरीक्षक (एसपी) र १४३ प्रहरी नायव उपरीक्षक (डीएसपी) को हरुको काज तथा सरुवा मंगलबार सार्वजनिक गरेको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर ग्रीसको एथेन्समा आयोजित इन्टरनेसनल ड्रग्स इन्फोर्समेन्ट कन्फरेन्समा भाग लिन गएका बेला सार्वजनिक सरुवा सूचीले संगठनभित्र असन्तुष्टि देखिएको छ । सोमबार निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले प्रदेश प्रमुखलगायत मातहतका इन्चार्जहरुलाई भिडिओ कन्फरेन्समार्फत निर्देशन दिँदा तत्काल सरुवा नहुने जानकारी गराएका थिए । तर त्यसको भोलिपल्टै १८४ प्रहरी अधिकृत सरुवाको जानकारी आएको थियो । मानव स्रोत विभागका प्रमुख तथा एआईजी भीमप्रसाद ढकालले सरुवाको सरुवाको सूचना प्रकाशित हुनुपूर्व राईलाई जानकारी गराएका थिए । आफूलाई जानकारी नै नदिई सरुवा गर्न लागिएको भन्दै राईले असन्तुष्टि मात्रै पोखेनन् आईजी स्वेदश फिर्ता नहुन्जेलसम्म सरुवा नगर्न समेत भनेको हेडक्वार्टर स्रोतले बताएको छ ।

‘सरुवाबारे उहाँलाई केही जानकारी नै थिएन । एकाएक सूची सार्वजनिक गर्न लागिएको जानकारी आएपछि उहाँले असन्तुष्टि पोख्नुभएको हो । आईजीसाब स्वदेश फिर्ता भएपछि मात्रै सरुवा गर्नुपर्ने उहाँको भनाइ थियो’, राई निकट स्रोतले भन्यो । सरुवाको विषयलाई लिएर एआईजीद्वय राई र ढकालबीच मनमुटाव भएपछि त्यहीँबाट ग्रीसमा रहेका आईजी कुँवरलाई ह्वाट्स एपमा फोन गरिएको थियो । हेडक्वार्टर स्रोतका अनुसार कुँवरले सरुवा पहिल्यै तयार भएकाले आफू नभए पनि निकाल्दा फरक नपर्ने बताएका थिए । आईजी नभएको बेलामा सरुवा निकाल्दा यसले गलत सन्देश जाने तर्क राईको थियो । एसपीसम्मको सरुवाको अधिकार प्रहरी प्रमुखलाई भए पनि यसमा गृह मन्त्रालयको हस्तक्षेप भएको आरोप प्रहरी अधिकारीहरुको छ ।

मापदण्ड मिचियो

प्रहरीको सरुवा सम्बन्धी मापदण्ड २०७९ को बुँदा नम्बर ९ को (झ) मा डीएसपी दर्जाको सेवा अवधिमा न्यूनतम २ वटा र अधिकतम ३ वटा कार्यालय प्रमुखको जिम्मेवारी प्रदान गरिने उल्लेख छ । तर अहिले प्रहरी वृत्त स्वयम्भूमा सरुवा भएका डीएसपी उद्धवसिंह भाटले चौथो पटक इन्चार्जको जिम्मा पाए । यसअघि उनी जिल्ला प्रहरी कार्यालय बाजुरा, इलाका प्रहरी कार्यालय बरहथवा, सर्लाही र इलाका प्रहरी कार्यालय टीकापुर कैलालीको इन्चार्ज भइसकेका थिए । २०६३ सालमा इन्सपेक्टरबाट प्रहरी सेवा प्रवेश गरेका भाटले मापदण्डविपरीत चौथो इन्चार्ज पाउँदा उनकै ब्याचीहरुले एक पटक मात्र इन्चार्ज बन्ने मौका पाएका छन् । भाटजस्तै यसअघि डीएसपी दीपक खड्काले पनि चार वटा इन्चार्ज पाएका थिए । उनले जिल्ला प्रहरी कार्यालय रोल्पा, इलाका प्रहरी कार्यालय मिर्चैया, प्रहरी वृत्त सोह्रखुट्टे, जिल्ला प्रहरी कार्यालय दोलखाको इन्चार्ज भएका थिए ।

२०६४ को ब्याचका डीएसपी सुनिलजंग शाहले जनसेवा वृत्त, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र अहिले प्रहरी वृत्त मालिगाउँ गरी तीन वटा इन्चार्ज पाएका छन् । तर उनीभन्दा अघिल्लो २०६३ का ब्याची दुर्गा दाहाललगायतको टोलीले अहिलेसम्म एउटा मात्रै इन्चार्ज पाएको छ । मापदण्डको ९ नम्बर बुँदाको (क) मा एक पटक पनि प्रमुख (इन्चार्ज) नबसेकालाई पहिलो प्राथमिकता, एक पटक मात्र बसेकालाई दोस्रो प्राथमिकता र दुई पटक बसेकालाई तेस्रो प्राथमिकतामा राखेर सरुवा गरिने उल्लेख छ । त्यस्तै इन्चार्ज भएर सरुवा भएको एक वर्ष नबित्दासम्म अर्को इन्चार्ज नदिइने मापदण्डमा उल्लेख गरिएको छ । तर २१ कात्तिक २०८० मा जिल्ला प्रहरी कार्यालय धनुषाको इन्चार्जबाट तानिएका एसपी विश्वराज खड्कालाई एक वर्ष नपुग्दै अर्को इन्चार्जको जिम्मा दिइएको छ ।

एसपी खड्कालाई अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरको जिम्मेवारी दिइएको छ । २ असोज २०८० मा एसपी प्रविण धिताललाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको जिम्मेवारी दिइएको थियो ।सर्लाहीको इन्चार्ज सम्हालेको पाँच महिनामै उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको इन्चार्जमा सरुवा गरिएको थियो । १० फागुन २०८० मा बर्दियाका इन्चार्ज सम्हालेका धिताललाई ७ महिनामै त्यहाँबाट पनि सरुवा गरेर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी ल्याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीले जनतालाई गुमराहमा राख्न खोजे : माओवादी केन्द्र
गृहमन्त्रीले जनतालाई गुमराहमा राख्न खोजे : माओवादी केन्द्र
सिंहदरबारमा राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै
सिंहदरबारमा राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै
नयाँ समीकरण फुटाउन कांग्रेसले रविमाथि छानबिनको कुरा उठायो- प्रचण्ड
नयाँ समीकरण फुटाउन कांग्रेसले रविमाथि छानबिनको कुरा उठायो- प्रचण्ड
रुपन्देही जिल्ला अदालत अगाडि सहकारीपीडितको प्रदर्शन
रुपन्देही जिल्ला अदालत अगाडि सहकारीपीडितको प्रदर्शन
पाकिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु
पाकिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु
प्रतिनिधि सभाको बैठक बस्दै, छैन कार्यसूचीमा अध्यादेश
प्रतिनिधि सभाको बैठक बस्दै, छैन कार्यसूचीमा अध्यादेश
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
ललितपुरमा बाटो मर्मत गर्दा पोल ढलेर एक जनाको मृत्यु
ललितपुरमा बाटो मर्मत गर्दा पोल ढलेर एक जनाको मृत्यु
बिहारको सबैभन्दा कान्छी विधायक बन्दै गायिका मैथिली ठाकुर
बिहारको सबैभन्दा कान्छी विधायक बन्दै गायिका मैथिली ठाकुर
पाँचवटा संसदीय समितिको बैठक बस्दै, निगमको इन्धन भण्डारण सम्बन्धमा छलफल हुने
पाँचवटा संसदीय समितिको बैठक बस्दै, निगमको इन्धन भण्डारण सम्बन्धमा छलफल हुने