दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता

Raju Yadav Raju Yadav
|
शनिबार, भाद्र २९, २०८१
|
|
२ पटक हेरिएको
Shares
दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता

सारांश

  •   २९ भदौ,बेदकोट– कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् ।
  • महाकाली नदीबाट दाउरा संकलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए।
  •  उनका अनुसार आज दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा संकलन गर्ने क्रममा महाकाली नदीमा बगेका छन् ।

२९ भदौ,बेदकोट– कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् ।महाकाली नदीबाट दाउरा संकलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए। उनका अनुसार आज दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा संकलन गर्ने क्रममा महाकाली नदीमा बगेका छन् । तीमध्ये सौरभको शव फेला परेको छ ।दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।  महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् । लगातारको वर्षापछि महाकालीमा पानीको वहाव बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन
औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन
झुम्का कारागारबाट भागेका ५० कैदी धरानबाट पक्राउ
झुम्का कारागारबाट भागेका ५० कैदी धरानबाट पक्राउ
सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधलीको आरोप
पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट
पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट
मधेश प्रदेशमा ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
मधेश प्रदेशमा ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
भोलिदेखि सार्वजनिक यातायात ठप्प पर्ने व्यवसायीको घोषणा
भोलिदेखि सार्वजनिक यातायात ठप्प पर्ने व्यवसायीको घोषणा
केरल बाढी अपडेट: मृतकको संख्या १५० पुगयो, ९८ जना अझै वेपत्ता
केरल बाढी अपडेट: मृतकको संख्या १५० पुगयो, ९८ जना अझै वेपत्ता
कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला
कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला
उर्लाबारी आगलागी: मृतकको संख्या ५ पुग्यो
उर्लाबारी आगलागी: मृतकको संख्या ५ पुग्यो
राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे
राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे