उदयपुरमा आमा र छोरा मृत भेटिए

Raju Yadav Raju Yadav
|
बिहिबार, भाद्र २०, २०८१
|
|
२ पटक हेरिएको
Shares
उदयपुरमा आमा र छोरा मृत भेटिए

सारांश

  •   २० भदौ ,उदयपुर ।
  • उदयपुरको कटारी नगरपालिका १० मा एकै परिवारका आमा छोरा मृत भेटिएका छन् ।
  • कटारी १० सोरुङ निवासी अन्दाजी ४० वार्षिक निर्मला थापा र छोरा ६ वार्षिक आरुस थापा मृत भेटिएका हुन् ।

२० भदौ ,उदयपुर । उदयपुरको कटारी नगरपालिका १० मा एकै परिवारका आमा छोरा मृत भेटिएका छन् ।कटारी १० सोरुङ निवासी अन्दाजी ४० वार्षिक निर्मला थापा र छोरा ६ वार्षिक आरुस थापा मृत भेटिएका हुन् । आफ्नै घर भित्र रगतले लतपतिएको अवस्थामा लास भेटिएको  कार्यपालिका सदस्य गिरीले जानकारी दिए ।  बालकको घाटीमा धारिलो हतियारले काटेको जस्तो देखिएको छ भने महिलाको लास घोप्टिएको अवस्थामा रहेको र प्रहरीलाई गाउँलेले खबर गरिसकेकोले प्रहरी घटनास्थल तर्फ जाँदै गरेको पनि  गिरीले जानकारी दिए । आमा छोराको हत्या भएको हुनसक्ने बताइएको छ ।यस बारेमा इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान सुरु गरेकोले घटनाका बारेमा विस्तृत विवरण पछि आउने जनाइएको छ । निर्मलाका श्रीमान् कान्छी श्रीमती लिएर भारतमा बस्दै आएको र गाउँमा निर्मला र ६ वर्षका छोरा आयुष थापा पसल गरेर जीवन यापन गर्दै आएका थिए । घटना स्थल पहाडी क्षेत्रमा रहेका कारण पानी परिरहेकोले प्रहरी घटनास्थलमा जाँदै गरेको हुँदा घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने राजावादीको घोषणा
चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने राजावादीको घोषणा
रामेछापमा जङ्गली जनावरको आक्र*मणबाट ६५ वर्षीया महिलाको मृ*त्यु
रामेछापमा जङ्गली जनावरको आक्र*मणबाट ६५ वर्षीया महिलाको मृ*त्यु
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने
विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने
तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी
तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी
दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुन्छ : सचिव खड्का
दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुन्छ : सचिव खड्का
क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
एनपीएलः लुम्बिनी, सुदूरपश्चिम र जनकपुर, पोखरा भिड्दै
एनपीएलः लुम्बिनी, सुदूरपश्चिम र जनकपुर, पोखरा भिड्दै
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
मुख्यमन्त्री नियुक्ति विवाद : नेता–कार्यकर्ताबाट कर्मचारीमाथि कुटपिट
मुख्यमन्त्री नियुक्ति विवाद : नेता–कार्यकर्ताबाट कर्मचारीमाथि कुटपिट