म्याजिक दुर्घटनामा ८ जना घाइते

Raju Yadav Raju Yadav
|
सोमबार, भाद्र १७, २०८१
|
|
२ पटक हेरिएको
Shares
म्याजिक दुर्घटनामा ८ जना घाइते

सारांश

  •   विराटनगर : मोरङको बूढीगंगा गाउँपालिकामा सोमबार दिउँसो दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
  • कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका-२ टंकी चोकमा ना ३ ख १०७१ नम्बरको ट्रकलाई जोगाउने क्रममा को १ ज २१५० नम्बरको म्याजिक भेन सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
  • मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सडक पार गर्दै गरेको ट्रकलाई बचाउने क्रममा दिउँसो १ बजेतिर दुर्घटना हुँदा म्याजिकमा सवार ८ जना घाइते भएको बताए।

 

विराटनगरमोरङको बूढीगंगा गाउँपालिकामा सोमबार दिउँसो दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका-२ टंकी चोकमा ना ३ ख १०७१ नम्बरको ट्रकलाई जोगाउने क्रममा को १ ज २१५० नम्बरको म्याजिक भेन सडकमा पल्टिएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सडक पार गर्दै गरेको ट्रकलाई बचाउने क्रममा दिउँसो १ बजेतिर दुर्घटना हुँदा म्याजिकमा सवार ८ जना घाइते भएको बताए। दुर्घटनामा परेर म्याजिक चालक सुनसरीको दुहबी नगरपालिका-८ का २९ वर्षीय केदार बर्मा, दुहबी-४ का ३५ वर्षीया सैफुन खातुन, ३३ वर्षीया ममिना खातुन, हरिनगरा गाउँपालिका-२ की ३५ वर्षीया हदिशा खातुन र मोरङको रंगेली नगरपालिका-२ की ४२ वर्षीया सुनीता माझी, बूढीगंगा-४ की ३३ वर्षीया आरती पोदार, बूढीगंगा ५ की २९ वर्षीया सपना बस्नेत र ५२ वर्षीया मंगलमाया बस्नेत घाइते भएका छन्। प्रहरीका अनुसार सामान्य अवस्थाका घाइतेहरुको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ। डीएसपी बस्नेतले म्याजिक, ट्रक र ट्रकका चालक मोरङको ग्रामथान गाउँपालिका-३ का २६ वर्षीय सञ्जय ऋषिदेवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?