खेतमा एक वृद्धको शव फेला, हत्याको आशंका

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ३०, २०८१
|
|
४४ पटक हेरिएको
Shares
खेतमा एक वृद्धको शव फेला, हत्याको आशंका

सारांश

  • बुधबार बिहान शंकास्पद अवस्थामा घर नजिकको खेतमा एक वृद्धको शव फेला परेको हो।
  • जिल्लाको गौर नगरपालिका- ५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव फेला परेको हो।
  • उनको शव आफ्नै घर नजिक रहेको धान खेतमा भेटिएको रौतहटकी प्रहरी प्रबक्ता एवम् डिएसपी एलिजा गिरीले जानकारी दिइन्।

३० साउन, वीरगञ्ज- रौतहटमा एक वृद्धको शव फेला परेको छ। बुधबार बिहान शंकास्पद अवस्थामा घर नजिकको खेतमा एक वृद्धको शव फेला परेको हो।

जिल्लाको गौर नगरपालिका- ५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव फेला परेको हो। उनको शव आफ्नै घर नजिक रहेको धान खेतमा भेटिएको रौतहटकी प्रहरी प्रबक्ता एवम् डिएसपी एलिजा गिरीले जानकारी दिइन्। महतोको हात र कोखामा धारिलो हतियारले प्रहार गरिएको पाइएको उनले बताइन्। चोट देख्दा उनको हत्या भएको आशंका गरिएको हो।

सूचना पाएर घटनास्थल पुगेको प्रहरीले मृतक महतोको घरबाट प्याकेटमा राखिएको अवस्थामा गाजा फेला पारेको तथा उनको गोजीबाट पनि गाजा बरामद गरिएको डिएसपी गिरीले बताइन्। मृतक महतो प्रतिबन्धित गाजाको सेवनकर्ता एवम् बेचबिखनमा समेत संलगन रहेको हुन सक्ने उनले बताइन्। घटनाबारे अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त
रिहा भएपछि रवीन्द्रको प्रतिक्रिया- अदालतले न्याय गर्दो रहेछ  
रिहा भएपछि रवीन्द्रको प्रतिक्रिया- अदालतले न्याय गर्दो रहेछ  
दुई तिहाईको सरकारमाथि ठूलो घण्टी बजिसकेको ;रविलामिछाने
दुई तिहाईको सरकारमाथि ठूलो घण्टी बजिसकेको ;रविलामिछाने
रास्वपा सभापति लामिछाने नक्खु कारागार जाँदै
रास्वपा सभापति लामिछाने नक्खु कारागार जाँदै
जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल
जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ
नेविसंघले पनि दियो बालेन र सुदनविरुद्ध उजुरी
नेविसंघले पनि दियो बालेन र सुदनविरुद्ध उजुरी
जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन काठमाडौँ महानगरको अनुरोध
जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन काठमाडौँ महानगरको अनुरोध
आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्दै
आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्दै
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...