पोखराको स्कूल बस दुर्घटनामा आमाछोराको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १४, २०८१
|
|
३४ पटक हेरिएको
Shares
पोखराको स्कूल बस दुर्घटनामा आमाछोराको मृत्यु

सारांश

  • पोखरामा भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ ।
  • आज बिहान पोखरा महानगरपालिका–२१ छरछरे कृस्तीमा भएको बस दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी आरती बिक र उनका यूकेजीमा अध्ययनरत ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो ।
  •  विद्यार्थी लिएर पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल स्कूलतर्फ फर्किँदै गरेको ग१क ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएको छन् ।

 

१४ साउन,काठमाडौँ । पोखरामा भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ ।

आज बिहान पोखरा महानगरपालिका–२१ छरछरे कृस्तीमा भएको बस दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी आरती बिक र उनका यूकेजीमा अध्ययनरत ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो । विद्यार्थी लिएर पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल स्कूलतर्फ फर्किँदै गरेको ग१क ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएको छन् । यसअघि २२ जना घाइते भएको जनाइएको थियो ।

घाइतेको गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बस घुम्तीबाट झन्डै ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?