संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन सिंहदरबारमा कार्यदलको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ८, २०८१
|
|
३ पटक हेरिएको
Shares
संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन सिंहदरबारमा कार्यदलको बैठक

सारांश

  •   ८ जेठ, काठमाडौं ।
  • सहकारीको रकम हिनामिना प्रकरणका विषयमा गठन हुने संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक शुरू भएको छ ।
  • मंगलबार बिहान सिंहदरबारमा कार्य दलको बैठक शुरू भएको हो ।

८ जेठ, काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणका विषयमा गठन हुने संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक शुरू भएको छ ।

मंगलबार बिहान सिंहदरबारमा कार्य दलको बैठक शुरू भएको हो । यसअघि सोमबार बस्ने भनिएको बैठक बस्न सकेको थिएन । गत शनिबार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गरेको थियो । त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् । सदस्यहरूमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।

संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि छानबिन गर्नुपर्ने अडानमा छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत भएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
अहमदाबाद विमान दुर्घटना स्थल पुगे प्रधानमन्त्री मोदी
अहमदाबाद विमान दुर्घटना स्थल पुगे प्रधानमन्त्री मोदी
इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता
इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’
निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान
निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान
झापाका तीन स्थानमा तीन जना मृ*त फेला
झापाका तीन स्थानमा तीन जना मृ*त फेला
देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ : प्रधानमन्त्री ओली
देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ : प्रधानमन्त्री ओली
चितवन कारागारबाट फरार कैदी पक्राउ
चितवन कारागारबाट फरार कैदी पक्राउ
जसपाको दोस्रो दिनको बैठकपनि निष्कर्षविहीन, भोलि फेरि बस्ने
जसपाको दोस्रो दिनको बैठकपनि निष्कर्षविहीन, भोलि फेरि बस्ने