आज १८ औँ लोकतन्त्र दिवस मनाइदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ११, २०८१
|
|
५६ पटक हेरिएको
Shares
आज १८ औँ लोकतन्त्र दिवस मनाइदै

सारांश

  • १८औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदै छ ।
  • २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनः स्थापना गरेका थिए।
  • सोही दिनको सम्झनामा नेपालमा वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिएको छ।


११ वैशाख, काठमाडौं । १८औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदै छ ।

२०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनः स्थापना गरेका थिए। सोही दिनको सम्झनामा नेपालमा वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिएको छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले पटक-पटक शासन सत्ता हातमा लिएपछि तत्कालीन सात दल र माओवादीले १२ बुँदे सम्झौता गरेसँगै आन्दोलन चर्किएको थियो । विसं २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए।

चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए। आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे। यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ। यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो । विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो।

बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ। यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो ।

संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्यको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो।

संविधानसभा मार्फत संविधान निर्माण र त्यसपछि सङ्घीय व्यवस्थामा देश गएको छ। तीन तहको सरकार बनेका छन्। गाउँगाउँमा अधिकार पुगेका छन्। संविधानअनुसार नै २०७४ मा तीनै तहको निर्वाचन भइ संघीयता कार्यान्वयन भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा बसले भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु, ८ घाइते
सर्लाहीमा बसले भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु, ८ घाइते
ए डिभिजन लिगमा आज दुई खेल हुँदै। 
ए डिभिजन लिगमा आज दुई खेल हुँदै। 
संसद्का कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव अस्वीकृत
संसद्का कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव अस्वीकृत
रौतहटमा छुरा प्रहार गरी युवकको हत्या
रौतहटमा छुरा प्रहार गरी युवकको हत्या
भारतको झारखण्डमा एयर एम्बुलेन्स दु*र्घटना हुँदा ७ जनाको मृ*त्यु
भारतको झारखण्डमा एयर एम्बुलेन्स दु*र्घटना हुँदा ७ जनाको मृ*त्यु
धनुषाको मिथिला बिहारी नगरपालिकाको कृषि शाखा द्वारा मनायो २१ औँ राष्ट्रिय धान दिवस
धनुषाको मिथिला बिहारी नगरपालिकाको कृषि शाखा द्वारा मनायो २१ औँ राष्ट्रिय धान दिवस
‘माया के हो’ गीति श्रव्यदृश्य सार्वजनिक   
‘माया के हो’ गीति श्रव्यदृश्य सार्वजनिक   
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय
पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृ*त्यु
पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृ*त्यु
जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली
जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली