बारा प्रधानाध्यापक हत्याकाण्ड: ५ आरोपी सार्वजनिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १५, २०८०
|
|
२ पटक हेरिएको
Shares
बारा प्रधानाध्यापक हत्याकाण्ड: ५ आरोपी सार्वजनिक

सारांश

  • अमरेश कुमार पाण्डेय १५ कार्तिक, बारा।
  • बारा प्रधानाध्यापक हत्याकाण्डमा प्रहरीले ५ आरोपीलाई  सार्वजनिक गरेको छ।
  • बाराको कलैया उपमहानगरपालिका–६ निवासी बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

अमरेश कुमार पाण्डेय

१५ कार्तिक, बारा। बारा प्रधानाध्यापक हत्याकाण्डमा प्रहरीले ५ आरोपीलाई  सार्वजनिक गरेको छ।

बाराको कलैया उपमहानगरपालिका–६ निवासी बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।प्रहरीले स्वर्णकरको हत्याको मुख्य योजनाकार तथा सूचना आदानप्रदान गर्ने कलैया उपमहानगरपालिका–६ मदरसा टोल बस्ने २२ वर्षीया राधा गुप्ता, सोही स्थानका ३४ वर्षीय जमिल अख्तर र वडा नम्बर ९ रामपुर बस्ने २६ वर्षीय रियाज अन्सारीलाई सार्वजनिक गरेको हो।

यसैगरी उनको हत्यामा संलग्न शुटर भारत बिहारको मोतीहारीका २३ वर्षीय चन्दन कुमार र मोतीहारीकै २३ वर्षीय अभिनव कुमार राजपूतलाई पनि प्रहरीले सार्वजनिक गरेको छ। हालसम्मको अनुसन्धानमा विवाहेत्तर प्रेम सम्बन्धका कारण हत्या भएको देखिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए। उनका अनुसार पक्राउ परेकी राधा गुप्ता विगत तीन वर्षदेखि भारत बस्ने मनोज गुप्‍तासँग (विवाहित) प्रेम सम्बन्धमा रहेको र सोही विषयमा मनोज र रुपेश स्वर्णकारबीच विवाद हुँदै आएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?