राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १४, २०८०
|
|
५४ पटक हेरिएको
Shares
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सारांश

  • सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ ।
  • बैठक आज अपराह्न पौने पाँच बजे सुरु हुनेछ ।
  • आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग, नेपालको सोह्रौँ वार्षिक प्रतिवेदन २०७८-७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९-८०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको, तेत्तिसौँ वार्षिक प्रतिवेदन आ.

१४ कर्तिक, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ ।

बैठक आज अपराह्न पौने पाँच बजे सुरु हुनेछ । आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग, नेपालको सोह्रौँ वार्षिक प्रतिवेदन २०७८-७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९-८०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको, तेत्तिसौँ वार्षिक प्रतिवेदन आ.व. २०७९-८० प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

अध्यक्षले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८४ को उपनियम (४) बमोजिम माननीय सदस्यबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।त्यसअघि आजै बस्ने संसदको संयुक्त बैठकलाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह
ओलीको प्रश्न: ‘हाहु’ गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ?
ओलीको प्रश्न: ‘हाहु’ गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ?
बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्न यूएई तयार
बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्न यूएई तयार
जिप दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, दुई नाबालक छोरा घाइते
जिप दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, दुई नाबालक छोरा घाइते
मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने
बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ
बैंकिङले बढायो सेयर बजार, नेप्से २७३४ अंकमा
बैंकिङले बढायो सेयर बजार, नेप्से २७३४ अंकमा
आज अन्तरराष्ट्रिय परिवार दिवस
आज अन्तरराष्ट्रिय परिवार दिवस
बाँकेको बाल सुधारगृहबाट भागेका ४५ बालबन्दी अझै फरार
बाँकेको बाल सुधारगृहबाट भागेका ४५ बालबन्दी अझै फरार