मुगुमा एकै परिवारका ४ जनाको हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
३७ पटक हेरिएको
Shares
मुगुमा एकै परिवारका ४ जनाको हत्या

सारांश

  • छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।
  • घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको छ ।

१० कात्तिक, काठमाडौं । छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको छ ।‘परिवारका सदस्यले श्रीदेवीलाई नभेटेपछि खोज्दै आएका रहेछन्, त्यसक्रममा घरमा आउँदा रगत देखेपछि प्रहरीलाई खबर गरेका हुन्’, थापाले भने, ‘शुक्रबार बिहान पौने १० बजेतिर खबर आएपछि घटनास्थलमा पुगेर अनुसन्धान थालेका छौं ।’

प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृत्यु हुने अन्यमा श्रीदेवीकी ११ वर्षीया छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहर छन् ।श्री मान् वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर रहेको पाइएको डीएसपी थापाले बताए । ‘विभिन्न कोणबाट अनुसन्धान गरिरहेको थापाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो सुन
तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो सुन
सद्गुरु कबीरको प्रकट्य दिवस मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
सद्गुरु कबीरको प्रकट्य दिवस मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसदको माग
सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसदको माग
एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता
एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता
ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने
ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने
कांग्रेसले बोलायो जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक
कांग्रेसले बोलायो जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी
जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी
निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन
निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन
हामी अहिले पनि प्रहारको निशानामै छौं : महासचिव पोखरेल
हामी अहिले पनि प्रहारको निशानामै छौं : महासचिव पोखरेल