नेपालगञ्जमा कर्फ्यू यथावत्, वार्ताको पहल हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १७, २०८०
|
|
३९ पटक हेरिएको
Shares
नेपालगञ्जमा कर्फ्यू यथावत्, वार्ताको पहल हुँदै

सारांश

  • बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मंगलबार दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ।
  • जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु शाहनीले आज जारी गरेकाे विज्ञप्तिमा निषेधाज्ञाका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी र १७ सर्वसाधरणसहित २२ जना घाइते भएका तथा उनीहरुमध्ये २१ जना उपचारपछि घर फर्केका र एकजनाको भेरी अस्पतालमा उपचार भइरहेको उल्लेख छ।
  • स्थानीय प्रशासनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच झडप भएको भन्दै नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै किसिमको सामग्री प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गरेको छ।

१७ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मंगलबार दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ।

जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु शाहनीले आज जारी गरेकाे विज्ञप्तिमा निषेधाज्ञाका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी र १७ सर्वसाधरणसहित २२ जना घाइते भएका तथा उनीहरुमध्ये २१ जना उपचारपछि घर फर्केका र एकजनाको भेरी अस्पतालमा उपचार भइरहेको उल्लेख छ। स्थानीय प्रशासनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच झडप भएको भन्दै नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै किसिमको सामग्री प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयले सद्भावको सहरका रुपमा रहेको नेपालगञ्जको गरिमालाई कायम राख्न राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, आम नागरिकले आफ्ना क्षेत्रबाट शान्ति स्थापनामा योगदान पुर्याउनसमेत आग्रह गरेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले रासससँग कुरा गर्दै सबै पक्षसँग संवादका लागि प्रक्रिया थालिएको तर बैठक बस्ने समय भने निश्चित नभएको जानकारी दिए।

उनले निषेधाज्ञामा कडाइ गरिएको उल्लेख गर्दै भारतबाट जमुनाह नाका हुँदै नेपाल आउने नागरिकलाई गन्तव्यसम्म पुर्याउन थालिएको जानकारी दिए। प्रहरी चौकी जमुनाहाका वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले अहिलेसम्म एक हजार पाँच सय नेपालीलाई गन्तव्यमा पुर्‍याइएकाे जानकारी दिए। उनले भारतको सिम्ला, कालापहाड, दिल्ली लगायतका ठाउँबाट दसैं मनाउन घर फर्केका नागरिकलाई राँझाचोकसम्म पुर्‍याइएको र त्यहाँबाट नागरिकहरू गन्तव्यमा पुगिरहेका पनि बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिद्धार्थ राजमार्ग अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको छ : सांसद डुम्रे
सिद्धार्थ राजमार्ग अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको छ : सांसद डुम्रे
भारतले दक्षिण अफ्रिकालाई ११ रनले हरायो, तिलक बर्मा बने उत्कृष्ट खेलाडी
भारतले दक्षिण अफ्रिकालाई ११ रनले हरायो, तिलक बर्मा बने उत्कृष्ट खेलाडी
सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव
सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव
श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ : विपक्षी दल
श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ : विपक्षी दल
मध्यपहाडी राजमार्गको जाजरकोट खण्डमा छिटो काम सक्न संसदीय समितिको निर्देशन
मध्यपहाडी राजमार्गको जाजरकोट खण्डमा छिटो काम सक्न संसदीय समितिको निर्देशन
बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति
बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति
२१ लाख नगदसहित हुन्डी कारोबार आरोपमा एक महिला पक्राउ
२१ लाख नगदसहित हुन्डी कारोबार आरोपमा एक महिला पक्राउ
रसुवागढी भन्सार यार्डबाट ९ जनाको सकुशल उद्धार
रसुवागढी भन्सार यार्डबाट ९ जनाको सकुशल उद्धार
अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की
अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की
सरकारको आदेश पछि वल्डलिंकलेपनि बन्द गर्यो सामाजिक सञ्जालका प्लेटफर्महरू
सरकारको आदेश पछि वल्डलिंकलेपनि बन्द गर्यो सामाजिक सञ्जालका प्लेटफर्महरू