पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २९, २०८०
|
|
८६ पटक हेरिएको
Shares
पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

सारांश

  • एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका छन् ।
  • सुपर फोरको बिहीबार भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा स्थान पक्का गर्‍यो ।
  • श्रीलंकाले ४२ ओभरमा २५२ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो ।

काठमाडौं । एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका छन् । सुपर फोरको बिहीबार भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा स्थान पक्का गर्‍यो ।

श्रीलंकाले ४२ ओभरमा २५२ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो । उसले अन्तिम बलमा २ रन जोड्दै लक्ष्य पूरा गरेको हो । श्रीलंकालाई अन्तिम ओभरमा ८ रन आवश्यक रहेका बेला सुरूका चार बलमा २ रन लिएर एक विकेट गुमाएको थियो । पाँचौं बलमा असालान्काले चौका प्रहार गर्दैं जितको सम्भावना कायमै राखेका थिए । अन्तिम बलमा पनि उनले दुई रन लिए ।

श्रीलंकाको पालीम कुसल मेन्डिसले ९१, चरिथ असालान्काले अविजित ४९ र सदीरा समराविक्रमाले ४८ रन बनाए । त्यसअघि पाकिस्तानको पालीमा मोहम्मद रिजवानले ८६, अब्दुल्लाह सफिकले ५२ र इफ्तिखर अहमदले ४७ रन बनाएका थिए । सुपर फोरमा दुवै टोलीले बंगलादेशलाई हराएका थिए भने भारतसँग पराजय ब्यहोरेका थिए ।

सुरुका दुई खेलमा जित हात पार्दै भारत यसअघि नै फाइनल पुगिसकेको छ । श्रीलंका समग्रमा ११औँ पटक एसिया कपको फाइनलमा पुगेको हो । यो प्रतियोगिता भारतले ७ र श्रीलंकाले ६ पटक जितेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
एमाले कार्यकर्ताबाट दुब्र्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे 
एमाले कार्यकर्ताबाट दुब्र्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे 
रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
लुम्बिनी प्रदेश सभाको नवौं बैठक बस्दै
लुम्बिनी प्रदेश सभाको नवौं बैठक बस्दै
सुन्दरीजलमा युवतीको हत्या, दुई जना पक्राउ
सुन्दरीजलमा युवतीको हत्या, दुई जना पक्राउ
सर्लाहीमा जेनजी आन्दोलनबाट ६३ करोड ५५ लाख बराबरको क्षति
सर्लाहीमा जेनजी आन्दोलनबाट ६३ करोड ५५ लाख बराबरको क्षति
जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी
जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन
तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ
तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ
बाराको पथलैयाचोकबाट ८ किलो अफिमसहित दुई जना पक्राउ
बाराको पथलैयाचोकबाट ८ किलो अफिमसहित दुई जना पक्राउ