९ श्रावण २०८२, बिहीबार

बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

 

६ साउन, चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो । भरतपुर महानगरपालिका–४ कटहर चोकको एक होटलबाट कोइरालालाई पक्राउ गरेको अख्तियारको हेटौंडा कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए ।

औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत कोइरालाले घुस मागेको र आइतबार आपूर्तिकर्ताबाट घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेको सूचना अधिकारी गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?